धनकुटामा १२ हजार २ सय २७ जनाले कोरोना विरुद्वको खोप लगाए
शर्मिला राई/श्रावण १६,धनकुटा । धनकुटामा १२ हजार २ सय २७ जनाले कोरोना भाईरस विरुद्वको खोप लगाएका छन् ।
जिल्लाको सातै स्थानिय तहका सबैडाको १४८ खोप केन्द्रबाट लगाईएको भेरोशिल खोप पहिलो ६ हजार ४ सय ३६ र दोश्रो दिन ५ हजार ७ सय ९१ गरि जम्मा १२ हजार २ सय २७ जनाले खोप लगाएको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
जसमध्ये छथरजोरपाटी गाउँपालिकाका १ हजार २ सय ५०, सागुरीगढी गाउँपालिकाका १ हजार ५ सय २७,चौविसे गाउपालिकाका १ हजार ३ सय १०, शहिदभूमी गाउँपालिकाका १ हजार १ सय २८, महालक्ष्मी नगरपालिकाका १ हजार ८ सय, पाख्रीवास नगरपालिकाका १ हजार ३ सय ९६ र धनकुटा नगरपालिकाका ३ हजार ८ सय १६ जनाले खोप लगाएको तथ्यांक छ ।
नेपाल सरकारले चीनबाट खरिद गरेको भेरोशिल खोप यसपटक साउन १४ र १५ गते जिल्लाका ५५ वर्ष माथिका नागरिक सहित सवारी चालक,विद्यालयका शिक्षक,विश्व विद्यालयका प्रध्यापक लगायतलाई लगाईएको थियो ।


