प्रदेश १ मा आज थप ९२२ जनामा कोरोना संक्रमण पुष्टि,१२ को निधन

विराटनगर, २० साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९२२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५६६ जनाको पीसीआर परीक्षणगर्दा ४८५ र १ हजार ६७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २१५, मोरङमा १३५, सुनसरीमा ९९, धनकुटामा १९, उदयपुरमा ६, पाँचथर र संखुवासभामा २–२, इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा १५२, विर्तामोडमा २२, भद्रपुरमा १९, मेचीनगरमा ११, कनकाईमा ४, अर्जुनधारामा ३, कमल गाउँपालिका, बुद्धशान्ति, गौरादह र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ४१, बेलबारीमा ३५, केराबारीमा २४, सुन्दरहरैचामा २१, बुढीगंगा र लेटाङमा ३–३, कटहरी, उर्लाबारी र स्थानीय तह नखुलेका २–२, कानेपोखरी र रतुवामाईमा १–१, सुनसरीको धरानमा ४८, इटहरीमा ३८, बराहक्षेत्रमा ५, रामधुनीमा २, भोक्राहानरसिंहमा १, इनरुवामा १ र स्थानीय तह नखुलेका ४, धनकुटाको धनकुटा नगरपालिकामा १४, पाख्रिवासमा ३, महालक्ष्मीमा २, उदयपुरको त्रियुगामा ६, पाँचथरको फिदिम र फालेलुङमा १–१, संखुवासभाको खाँदबारीमा २, इलामको सुर्योदय र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६६ महिला र १९९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ७ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।