फुटबलप्रति हुम्लाका बालिकामा बढी रुचि

सिमकोट, २१ साउन ,पछिल्लो समय हुम्लाका बालबालिकामा फुटबलप्रति रुचि बढ्दै गएको छ । यही साउन १५ गतेबाट सदरमुकाम सिमकोटमा फुटबल एकेडेमीद्वारा सञ्चालन भइरहेको खेलमा बालक भन्दा बालिकाको सक्रियता बढी देखिएको छ ।

फुटबल खेलाडीका लागि सञ्चालन भइरहेको तालीममा बालकको भन्दा बालिकाको सक्रिय सहभागिता बढी रहेको फुटबल एकेडेमी हुम्लाका अध्यक्ष विष्णुबहादुर रावतले बताउनुभयो ।

सदरमुकाम सिमकोटमा बसोबास गर्दै आएका बजारवासी, तल्लो गाउँ, माथिल्लो र आसपास गाउँका बालबालिकाले फुटबल खेलको तालीम लिइरहेको उहाँले जानकारी दिनुभयो ।

साउन १५ गतेदेखि बिहान, दिउँसो र साँझ फुटबल तालीम नियमित सञ्चालन भइरहेको बताइएको छ ।

बिहानको समयमा ३० बालक सहभागी हुने गर्दछन् भने दिउँसो त्यो भन्दा दोब्बर एक सय बढीको सङ्ख्यामा बालिका सहभागी हुने गरेका अध्यक्ष रावतले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।