बागलुङमा सक्रिय सङ्क्रमित ५००

बागलुङ, कोरोना सङ्क्रमितको सङ्ख्या पुनःउकालो लागेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५८० पुगेको छ ।

कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले पछिल्लोपटक एकैसाथ ८० नयाँ सङ्क्रमित फेला परेको जानकारीदिनुभयो । “आज निको हुने थपिएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या केही घट्न पनि सक्छ”, उहाँले भन्नुभयो ।

पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको देखिन्छ । बुधबार सक्रिय सङ्क्रमितको सङ्ख्या ४९७ पुगेकामा अहिले बढेर ५८० पुगिसकेको छ । गत असार तेस्रो साता जिल्लाभर सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर २५४ मा पुगेको थियो ।

यसपछि भने सङ्क्रमितको सङ्ख्या लगातार बढेको छ । यसरी केही समय थामिएजस्तो देखिएको सङ्क्रमण दर फेरि उकालो लागेको हो । जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर २७.४ प्रतिशत छ जबकि नेपालको सङ्क्रमण दर १९.०३ प्रतिशत मात्र छ ।

देशभरको तुलनामा निको हुने दर पनि यहाँ कम छ । नेपालमा निको हुने दर ९४ प्रतिशत छ भने बागलुङमा ९१ प्रतिशत । देशभर मृत्युदर १.०५ हुँदा यहाँ भने त्यो भन्दा कम ०.९९ प्रतिशत छ । कोरोनाका जिल्लामा हालसम्म ६३ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला बाहिर पनि मृत्युवरण गर्नेको सङ्ख्या हेर्दा भने सयभन्दा बढी पुगेको स्रोत व्यक्ति घिमिरले बताउनुभयो । सङ्क्रमणसँगै मृत्युका घटना पनि बढ्न थालेका छन् । निषेधाज्ञा खुकुलो पारिएसँगै सङ्क्रमणको जोखिम पनि उत्तिकै बढेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले बताउनुभयो ।

हरेक व्यक्ति स्वयं सतर्क र जिम्मेवार नभएसम्म सङ्क्रमण रोकथाम गर्न नसकिने उहाँको भनाइ छ । होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई आफ्नो स्वास्थ्य स्थितिबारे विशेषरुपमा चनाखो बन्न चिकित्सकले सुझाएका छन् ।

सङ्क्रमणले च्याप्दै लगेर अन्तिम अवस्थामा अस्पताल आउँदा कोरोनाको उपचार प्रभावकारी नहुने चिकित्सक बताउँछन् । पहिलो र दोस्रो लहरमा गरी यहाँका २२ हजार जनामा कोरोना परीक्षण गर्दा ६३०० बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोना नियन्त्रणका लागि खोप अभियान पनि चलिरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।