भारतमा थप ४४ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, भारतका कोरोनाभाइरसबाट नयाँ ४४ हजार ६४३ जना सङ्क्रमित थपिएका छन् ।
सरकारी अधिकारीले दिएको जानकारीअनुसार थपिएका सङ्क्रमितसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेको सङ्ख्या चार लाख १४ हजार १५९ पुगेको छ । यो सङ्ख्या कूल सङ्क्रमितको १.३० प्रतिशत भएको पनि जनाइएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ९६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै समयमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको सङ्ख्याभन्दा थप सङ्क्रमितको सङ्ख्या धेरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्यामा वृद्धि भएको छ ।

भारतमा अहिले सङ्क्रमणमुक्त भएको कूल सङ्ख्या तीन करोड १० लाख १५ हजार ८४४ पुगेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएको कूल सङ्ख्या ९७.३६ प्रतिशत पुगेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म चार लाख २६ हजार ७५४ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ । तीमध्ये ४६४ जनाको पछिल्लो २४ घण्टामा मृ,त्यु भएको हो ।

अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म ४९ करोड ५३ लाख २७ हजार ५९५ भन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖