पवनदीप राजन बने ‘इन्डियन आइडल १२’ को विजेता

भारतीय टेलिभिजन सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो ‘इन्डियन आइडल १२’ को विजेता पवनदीप राजन बनेका छन् ।फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो ।

अरुणिता उपाधीदेखि एक कदम पछि रहँदै फर्स्ट रनरअप बनिन् । त्यस्तै सायली कांबले सेकेन्ड रनरअप बन्दा मोहम्मद दानिश चौथो नम्बरमा आए । प्रतिस्पर्धाको पाँचौं स्थानमा निहाल तारो आए भने छैटौं स्थानमा शनमुख प्रिया आइपुगिन ।भारतको उत्तर प्रदेशका चंपावतका बासिन्दा पवनदीप विजेता बन्दा दर्शकदीर्घामा बसेकी उनकी आमा निकै भावुक बनेकी थिइन् ।

पवनदीपले ‘इन्डियन आइडल १२’ को ट्रफीका साथै एक स्विफ्ट कार र २५ लाख भारु पुरस्कार स्वरुप पाए ।उत्कृष्ट ६ जनाबीच प्रतिस्पर्धा भएको इण्डियन आइडलको इतिहासमै पहिलो पटक भएको हो । यसअघि अन्तिम प्रतिस्पर्धामा ५ जना कलाकारहरुबीच मात्रै प्रतिस्पर्धा हुन्थ्यो ।

यो प्रतिस्पर्धामा पवनदीप राजन मात्रै त्यस्ता गायक हुन, जसले गीत गाउनुका अलावा थुप्रै सांगितिक बाद्ययन्त्रहरु पनि बजाउँछन । उनले सांगीतिक ज्ञान आफ्ना पिता सुरेश राजन र काका सतिस राजनबाट पाएका हुन । पवनदीपका पिता सुरेश राजन कुमाउँ क्षेत्रका लोकप्रिय गायक हुन ।

पवनका हजुरबुवा स्वर्गीय रति राजन पनि लोकप्रिय लोक गायक थिए ।प्रतिस्पर्धाकै क्रममा निर्णायकमध्येका एक विशाल डडलानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको प्रतिक्रिया दिएका थिए ।

फाइनल प्रतिस्पर्धा अन्तर्गतको भब्य सांगितिक समारोहमा अनु मलिक, सोनु कक्कड, हिमेश रेशमिया, उदित नारायण झा, अलका याग्निक, कुमार सानू, विशाल डडलानी, मीका सिंह, भारती सिंह, हर्ष लिंबाचिया, जय भानूशाली, द ग्रेट खली, सिद्धार्थ मल्होत्रा, कियारा आडवाणी र जावेद अली पनि सहभागी भएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।