चीनबाट आइपुग्यो थप आठ लाख भेरोसेल खोप,पहिलो डोज लगाएर बसेकाहरुलाई दिइने
काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको थप आठ लाख डोज काठमाडौं आइपुगेको छ ।
बुधबार राति सवा १ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार नेपाल एयरलाइन्सको विमानबाट आठ लाख डोज आइपुगेको हो ।
बाँकी खोप भने बिहीबार बेलुकी आठ बजे आउने भएको छ । यो खोप सरकारको खरिद अन्तर्गत आएको हो । यो खोप पहिलो डोज लगाएर बसेकाहरुलाई दिइनेछ ।


