प्रदेश १ मा आज ८१३ जनामा कोरोना संक्रमण पुष्टि,८ को मृ त्यु

विराटनगर, ३ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८१३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र १ हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीमा ९०, पाँचथरमा १०, इलाम, धनकुटा र उदयपुरमा ६–६, संखुवासभामा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ३१, विर्तामोडमा २९, अर्जुनधारा र शिवसताक्षीमा १२–१२, मेचीनगरमा ९, कनकाईमा ८, गौरादह र बुद्धशान्तिमा ७–७, भद्रपुरमा ५, हल्दिबारी र कमल गाउँपालिकामा ३–३, बा¥हदशीमा १, मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३९, उर्लाबारीमा ९, लेटाङ र केराबारीमा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३–३, कानेपोखरी र बेलबारीमा २–२, रंगेली र बुढीगंगामा १–१, सुनसरीको इटहरीमा ४६, धरानमा २९, रामधुनीमा ५, दुहवी र इनरुवामा ३–३, हरिनगर, बराहक्षेत्र, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ९, याङवरक १, इलामको फोकफोकथुममा ३, सुर्योदय, सन्दकपुर र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६, उदयपुरको बेलकामा २, उदयपुरगढी, त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४६ महिला र २७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृ त्यु भएको छ । मृ त्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।