बिधान महाधिवेशनको विषयमा छलफल तथा सुझाव संकलन कार्य सम्पन्न
भाद्र ६,धनकुटा । नेकपा एमाले पार्टी धनकुटा जिल्ला कमिटीको आयोजनामा पार्टीको आगामि भदौ २७ र २८ गते हुन गइरहेको बिधान महाधिवेशनको विषयमा छलफल तथा सुझाव संकलन कार्य सम्पन्न भएको छ ।

जिल्ला पार्टी अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र राईको प्रमुख अतिथ्यमा सम्पन्न जिल्ला कमिटी भेलाले आगामि भदौ २७ र२८ गते हुन गइरहेको बिधान महाधिवेशनको विषयमा छलफल गर्दै सुझाव संकलन गरिएको हो ।
सुझाव संकलन कार्य अन्तरगत उपस्थित जिल्लाका केन्द्रिय तथा जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरुले स्थानिय तहलाई मजबुद्ध बनाउनु पर्ने ,पार्टीलाई एकतावद्धा बनाउन बिधानमा समुहगत बनाउन नपाइने ,महिलाको सहभागिता ५० प्रतिशत हुनु पर्ने र ठिक समयमा पार्टीको अधिवेशन गर्नु पर्ने लगायतको सुझाव संकलन गरिएको जिल्ला पार्टी कमिटीले जनाएको छ ।



