प्रदेश १ मा आज थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि,६ जनाको मृ त्यु

विराटनगर, ६ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ९९ जनाको पीसीआर परीक्षणगर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४३, मोरङमा ११२, सुनसरीमा ९३, इलाममा ७, पाँचथरमा ३, संखुवासभामा २, ते¥हथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ३४, विर्तामोडमा ३२, कनकाईमा १६, अर्जुनधारामा १५, शिवसताक्षीमा १३, बुद्धशान्तिमा १०, मेचीनगरमा ८, कमल गाउँपालिकामा ४, भद्रपुर, गौरीगञ्ज र बा¥हदशीमा २–२, हल्दिबारीमा १, मोरङको विराटनगरमा ४२, सुन्दरहरैचामा ३९, उर्लाबारीमा १४, सुनबर्षीमा ५, पथरीशनिश्चरेमा ४, कानेपोखरी र बेलबारीमा २–२, लेटाङ, ग्रामथान, बुढीगंगा र मिक्लाजुङमा १–१, सुनसरीको इटहरीमा ८३, इनरुवामा ५, धरान र बराहक्षेत्रमा २–२, देवानगञ्जमा १, इलामको इलाम नगरपालिकामा ३, सुर्योदयमा २, माई र चुलाचुलीमा १–१, पाँचथरको फिदिममा २, याङवरकमा १, संखुवासभाको पाँचखपन र मादीमा १–१, ते¥हथुममा १, ताप्लेजुङको आठराई त्रिवेणी, धनकुटाको साँघुरीगढी र भोजपुरको अरुण गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५७ महिला र २०५ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।