अस्पतालमा डिजिटल एक्सरे उपकरण नहुँदा पेट तथा छातीको उपचारमा समस्या

रसुवा, ८ भदौ । रसुवा जिल्ला अस्पतालमा डिजिटल एक्सरे उपकरण नहुँदा पेट तथा छातीको उपचारमा समस्या परेको छ । पुरानो प्रविधिको म्यानुअल एक्सरेको फोटोमा प्रष्ट देख्न नसक्दा शरीरका भित्री भागमा हुने रोग छिटो पहिचान गर्न असहज भएको हो । म्यानुअल एक्सरे सञ्चालन गराउने प्राविधिक कर्मचारीसमेत नहुँदा कार्यालय सहयोगी कर्मचारीबाट उक्त कार्य हुँदै आएको छ ।

चिकित्सकहरूका अनुसार पुरानो प्रविधि छ । अस्पतालमा लडेर घाइते भएका बिरामीसमेत आउँछन् । एक्सरेले स्पष्ट पार्न मुस्किल परिरहेको छ । सीप भए पनि उपकरण अभावका कारण सिफारिस गर्न बाध्य पारेको चिकित्सक बताउँछन् । यस्तै गर्भवतीलाई सुत्केरी गराउन सिएस शल्यक्रियासम्बन्धी स्रोत, साधन तथा जनशक्तिको अभाव भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा रेशम पोखरेलले बताउनुभयो ।

अस्पतालबाट सेवा प्रदानका लागि पाँच चिकित्सक रहे पनि साधन, स्रोतका अभावमा भइरहेका छ । पुराना उपकरणबाट काम चलाउँदै आएको छ । उपलब्ध भएको अल्ट्रासाउण्डले (भिडियो एक्सरे) पनि राम्रो काम नदिँदा उक्त सेवासमेत प्रभावित बन्दै गएको चिकित्सक बताउँछन् ।

दैनिक २०÷२५ जनाले उपचार सेवा लिने र जिल्ला अस्पतालको सेवा प्रभावकारी बनाउन भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत नेपाल रेडक्रसले प्रि–फेब्रिकेटेड मोडलको भवन बनाई सेवालाई सहज पारे पनि साधन, स्रोतकै अभाव भएको हो । सेवा प्रवाहका लागि मेडिकल सुपरिटेन्डेन्ट एक, चिकित्सक पाँच, स्टार्फ नर्स पाँच, अनमी चार, एचए तीन, सि–एमए तीन, ल्याब असिस्टेन्ट तीन र कार्यालय सहयोगी १० जनाको दरबन्दी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

सरकारी सुविधाबाट प्रदान गर्नुपर्ने निःशुल्क औषधिसमेत अभाव हुँदै गएको चिकित्सकले बताएका छन् । अस्पताल सञ्चालनमा आवश्यक औषधिसहितको उपकरण व्यवस्थापन गरिदिन प्रदेश सरकारसमक्ष आग्रह गरिसकिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट भुवन केसीले जानकारी दिनुभयो ।

पर्यटकीय एवं धार्मिक क्षेत्र गोसाइँकुण्डका साथै रसुवागढी अन्तर्राष्ट्रिय नाका भएको जिल्ला अस्पताललाई सुविधायुक्त बनाउन प्रदेश सरकारसमक्ष पहल गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुइँकेलले बताउनुभयो । विसं २०४२ देखि सञ्चालनमा आएको रसुवा जिल्ला अस्पतालमा अहिलेसम्म सुविधायुक्त हुन नसकेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖