रहनुभएन लोकप्रिय गायक टुहुरे प्रधानमन्त्रीबाट शोक व्यक्त

काठमाडौँ, १० भदौ ।‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुग्नुभएका लोकप्रिय कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज निधन भएको छ ।

स्थानीय बयोधा अस्पतालमा उहाँको निधन भएको हो । उहाँ ७८ वर्षको हुनुहुन्थ्यो । उहाँ संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष हुनुहुन्थ्यो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गायक टुहुरेको निधनको खबरबाट आ
फू स्तब्ध भएको बताउँदै शोक प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्रीले स्वर्गीय कलाकारको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।