भारत सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट उपलब्ध

काठमाडौँ, १० भदौ । भारत सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट उपलब्ध गराएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा भारतले नेपाललाई निरन्तर सहयोग गरेकामा सराहना व्यक्त गर्नुभयो । उहाँले कोरोनाविरुद्ध सबै एकजुट हुनसके मात्र नियन्त्रण गर्न सकिने भन्दै नेपालले यसको रोकथाम र नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले लक्षित सबै समुदायलाई खोप उपलब्ध गराउने गरी सरकारले खोप ल्याइरहेको जानकारी दिनुभयो ।

भारतीय राजदूत क्वात्राले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा भारतले नेपाललाई निरन्तर सहयोग गरेको बताउनुभयो ।

भारतले उपलब्ध गराएको उक्त अक्जिसन प्लान्टले दैनिक २०० बिरामीलाई एकैपटक अक्सिजन उपलब्ध गराउन सकिन्छ । भारत सरकारको सहयोगमा नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।