एकै दिन ८३ फरार अपराधी प,क्राउ

धरान, १० भदौ । यतिबेला प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर प,क्राउ गर्न थालेको हो । जिल्ला अदालतको बेरुजु फछ्र्याैट गर्न र फैसला कार्यान्वायन गराउन सुनसरी जिल्ला प्रहरी कार्यालयले बुधबार मात्रै ८३ फरार अपराधीलाई प,क्राउ गरेको थियो।

उनीहरुलाई बुधबार नै अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । प,क्राउपर्नेमा गर्भपतन, मानव बेचबिखन, सवारी ज्यान, लागुऔषध, जबरर्जस्ती करणी, अ,पहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्ध विच्छेद, भ्रष्टचार र गाली बेइज्जती मुद्दासँग सम्बन्धित थिए ।

आपराधिक घटनामा संलग्न भई समाजमा निस्फिक्री हिँड्ने प्रवृत्ति अन्त्य गर्न चलाइएको अभियानमा यसअघि एकै महिनामा २३८ फरार अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको उहाँले बताउनुभयो ।

“अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिदैन वा कानूनी दायराबाट उम्कन सकिदैन भन्ने सन्देश यो अभियानले दिएको छ,” प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “हामी पुराना फाइल हेदैछौँ। दोषी ठहर भएका तर सजाए नभोगेका अपराधीलाई क्रमशः नियन्त्रणमा लिएर अदालत बुझाउछौं ।”

प्रहरीका अनुसार फरार भइ हालसम्म प,क्राउ परेकाहरूबाट ८० वर्ष दुई महिना २३ दिन कैद भुक्तान र रू १४ लाख ७९ हजार ५०० जरिवाना असुल भएको भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।