लिफ्टिङ प्रविधिमार्फत ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा खानेपानी पुर्याउने

फुङ्लिङ, ११ भदौ । लिफ्टिङ प्रविधिमार्फत ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा खानेपानी पु¥याइने भएको छ । गत आर्थिक वर्षदेखि सुरुआत भएको खानेपानी आयोजनाका काम सुचारु गर्न दुई पक्षबीच पाँचबुँदे सहमति भएसँगै पुनः निर्माण अगाडि बढ्न लागेको हो ।

निर्माण कम्पनी प्रेरा–विष्णु जेभी इलाम र पाथीभरादेवी दर्शन केबुलकार प्रालिबीच पानी मुहान नजिक बनेको ट्याङकी संरचनाको विषयमा जग्गा विवाद भएको थियो । यसका लागि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, पाथीभरा, ताप्लेजुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, निर्माण कम्पनी र केबुलकार प्रालिका प्रतिनिधिबीच विवाद समाधानका विषयमा पाँचबुँदे सहमति भएको थियोे । सहमतिअनुसार यसअघि निर्माण भइसकेको ५० घनमिटरको आरसीसी ट्याङ्की र पम्प हाउस पुनः निर्माणका लागि केबुलकार प्रालिले जग्गा उपलब्ध गराउने भएको छ ।

यस्तै उक्त संरचना बनाउन प्राविधिक विशिष्टतामा फरक नपर्ने गरी नक्सा र बीओक्यूमा उल्लेख भएअनुसार १.६० मीटरसम्म उचाइको आरसीसी ट्याङ्की सो प्रालिका तर्फबाट आगामी कात्तिक दोस्रो सातासम्ममा निर्माण गरिदिने सहमति पनि बनेको छ । ट्याङ्कीको १.६० मिटरभन्दा माथिको बाँकी संरचना र पम्प हाउसको निर्माण भने निर्माण कम्पनीले नै गर्ने छन् । ट्याङ्की निर्माणमा सो प्रालिलाई आवश्यक पर्ने प्राविधिक सहयोग भने सो आयोजनाले उपलब्ध गराउने पनि सहमति भएको छ ।

सहमति पत्रमा आयोजना प्रमुख सुरतलाल चौधरी र इन्जिनीयर रुपक पराजुली, उपभोक्ता समितिका तर्फबाट अध्यक्ष गोपाल न्यौपाने र कोषाध्यक्ष तेजबहादुर भट्टराई, निर्माण व्यवसायीका प्रतिनिधि नन्दकुमार ओझा, केबुलकार प्रालिका तर्फबाट प्रतिनिधि मणिशङ्कर पोमूले हस्ताक्षर गर्नुभएको छ ।

तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाममा खानेपानी पु¥याउने गरी २०७७ साल असोज १८ गते ठेक्का सम्झौता भई पाथीभरा लिफ्टिङ प्रविधि आयोजनाको काम सुरुआत भएको हो । सम्झौताअनुसार कूल रु पाँच करोड ४६ लाख ६४ हजार तीन सय ५५ को लागतमा आगामी चैत महिनाभित्र आयोजना सम्पन्न गर्नुपर्ने छ । कूल लागतको ७० प्रतिशत सरकार र बाँकी ३० प्रतिशत रकम पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बहन गर्ने बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।