उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि

गोदावरी, ११ भदौ कैलालीस्थित धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ०७६÷७७ मा उपमहानगपालिकाले आन्तरिक स्रोतबाट रु १४ करोड ५४ लाख ७३ हजार दुई सय ७१ आम्दानी गरेकामा गत आवमा रु २० करोड ६० हजार दुई सय ४६ आम्दानी भएको जनाइएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले गत आवमा एकीकृत सम्पत्ति करबाट रु चार करोड आठ लाख २० हजार ६ सय ५९, घरबहाल करबाट रु तीन करोड १७ लाख १६ हजार पाँच सय, बहालबिरौटी करबाट रु नौ लाख ७६ हजार, सवारीसाधन करबाट रु चार लाख ९७ हजार सात सय पाँच र व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट रु एक करोड ६८ लाख ८७ हजार तीन सय ३५ आम्दानी गरेको बताउनुभयो ।

त्यसैगरी सरकारी सम्पत्तिको बहालबाट रु ८३ लाख १७ हजार नौ सय ४४, अन्य सेवा शुल्क तथा बिक्रीबाट रु २३ लाख ८० हजार पाँच सय ९८, शिक्षा क्षेत्रबाट रु आठ लाख ४६ हजार चार सय, पार्किङ शुल्कबाट रु २० लाख ५६ हजार नौ सय ६० यथार्थ आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत चन्दले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले नक्सापास दस्तुरबाट रु तीन करोड ४९ लाख ७७ हजार ६ सय ३४, सिफारिस दस्तुरबाट रु एक करोड ५३ लाख ५७ हजार ६ सय ४६, व्यक्तिगत घटना दर्ताबाट रु ६ लाख ४८ हजार सात सय २५, नाता प्रमाणित दस्तुरबाट रु दुई लाख २८ हजार एक सय, अन्य दस्तुरबाट रु एक लाख, प्रशासनिक दण्ड जरिवाना र जफतबाट रु ६१ लाख पाँच हजार सात सय ८७, अन्य राजस्वबाट रु तीन करोड ७६ लाख ४३ हजार दुई सय आठ र बेरुजु असुलबाट रु चार लाख ९९ हजार ४४ आम्दानी गरेको जनाइएको छ ।

गत आव ०७६÷७७ मा उपमहानगपालिकाले आन्तरिक स्रोतबाट रु १४ करोड ५४ लाख ७३ हजार दुई सय ७१ आम्दानी गरेकामा आव ०७६÷७७ को तुलनामा ०७७÷७८ को यथार्थ आन्तरिक आम्दानीमा उल्लेख्य वृद्धि भएको जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।