भिरबाट ल’डेर युवा सङ्घका जिल्ला सदस्यको मृ त्यु
बैतडी, १२ भदौ । भिरबाट ल डेर ग म्भीर घा इते भएका युवा सङ्घका सदस्य विजय भाटको उपचारका क्रममा मृ त्यु भएको छ ।
दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृ त्यु भएको यहाँका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट ल डेर भाट घा इते हुनुभएको थियो । घा इते भाटको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४ः०० बजे धनगढी रेफर गरिएको थियो । उहाँको शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतातमा मृ त्यु भएको प्रहरीले जनाएको छ ।
उहाँका एक छोरा र श्रीमती छन् ।(रासस)


