घट्दै कोरोना , थपिँदै निषेधाज्ञा

काभ्रेपलाञ्चोक, १६ भदौ । जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमणदर घटिरहेको तथ्याङ्कले देखाएको छ । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ ।पछिल्लो २४ घण्टामा भने ३२ सङ्क्रमित देखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)ले जनाएको छ । सोमबार २३ सङ्क्रमित हुँदा ४२ निको भएका छन् भने आइतबार ३५ मा सङ्क्रमण देखियो भने ३९ सङ्क्रमणमुक्त भएको केन्द्रले जनाएको छ । यस्तै जिल्लामा शनिबार १५ सङ्क्रमित थपिँदा ४४ निको भएका थिए ।

यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमणदरभन्दा सङ्क्रमणमुक्तदर अधिक रहेको देखाएको हो । काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार २०० मा सङ्क्रमण देखिएकामा १८८ को मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९६ प्रतिशत अर्थात् १३ हजार ५८९ सङ्क्रमणमुक्त भइसकेका छन् । भदौ महिनामा नगण्य मात्रामा सङ्क्रमितको मृ त्युका घटना भएका छन् ।

जिल्लामा हाल ४२३ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा १२०, धुलिखेलमा १०४, पाँचखालमा ४३, पनौतीमा ४३, नमोबुद्धमा ५३, मण्डनदेउपुरमा आठ तथा रोशी गाउँपालिकामा १२, चौँरीदेउरालीमा दुई, तेमालमा चार, भुम्लु १६, खानीखोलामा दुई, बेथानचोकमा १४ र महाभारत गाउँपालिकामा दुई सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो ।

यसैबीच जिल्लामा आजदेखि यही भदौ २५ गतेसम्म ‘मिक्स लकडाउन’ थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले काभ्रेमा कोरोना ‘संवेदनशील क्षेत्र’ रहेकाले निषेधाज्ञा थपिएको बताउनुभयो । “सङ्क्रमणदर घटेको देखिए पनि गम्भीर बन्नुपर्ने अवस्था यथावत नै छ, त्यसैले निषेधाज्ञा लम्ब्याइएको हो”, उहाँले भन्नुभयो ।

प्रशासनद्वारा मङ्गलबार थपिएको निषेधाज्ञाअनुसार विद्यालयमा भौतिकरूपमा शैक्षिक गतिविधि नगर्नेलगायत यसअघिका निर्णयलाई यथावत राख्दै विवाह, व्रतवन्ध तथा सामाजिकरूपमा गरिने सांस्कृतिक कार्यक्रम होटल तथा पार्टीप्यालेसमा नगर्न भनिएको छ । साथै सवारी साधनका कूल सिट क्षमताभन्दा बढी यात्रु नराख्न तथा चालक, सहचालक र यात्रुले स्वास्थ्यका मापदण्ड अपनाउन, पसल बिहान ६ देखि बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।