विद्यार्थीले बनाएको ‘जुनको’ संसारकै उत्कृष्ट २२ सर्ट फिल्मको सूचीमा

काठमाडौं – एभरेष्ट फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको सर्ट फिल्म ‘जुनको’ ४४ औं ड्रामा इन्टरनेशनल सर्ट फिल्म फेस्टिभलको उत्कृष्ट २२ चलचित्रमा परेको छ । यो फेस्टिभलका लागि संसारभरका सयौं चलचित्रकर्मीले आफ्ना सर्ट फिल्म प्रतिस्पर्धामा सहभागी गराएका थिए ।

ग्रीसमा आयोजित उक्त फेस्टिभलमा ‘जुनको’ छनोट भएपछि उक्त चलचित्रका निर्देशक तथा लेखक मिन्सो लिम्बूले खुसी ब्यक्त गरेका छन् ।

यो चलचित्रमा गरिमा सिंह पेला, सरिता गिरी र सुवासले अभिनय गरेका छन् । जुनकोलाई नीरज भुसालले खिचेका हुन् । राकेश शाह यसका सहायक क्यामेराम्यान छन् ।

राजेन्द्र मोक्तानको कलर रहेको चलचत्रिलाई पासाङ देवा सेर्पाले सम्पादन गरेका हुन् ।

उक्त फेस्टिभलमा छनोट भएपछि एभरेष्ट फिल्म एकेडेमीले खुसी ब्यक्त गरेको छ ।

‘यो खुसी हाम्रा लागि मात्र होइन समग्र नेपालीका लागिपनि हो’, एकेडेमीका अध्यक्ष सुनील थापाले भने, ‘अझ नेपाली चलचित्रकर्मीका लागि त झनै विशेष खुसीको खबर हो ।’

फेस्टिभल आगामी सेप्टेम्बरको १२ देखि १८ सम्म ग्रिसमा आयोजना हुँदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।