राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न मुख्यमन्त्रीद्वारा निर्देशन

पोखरा, १८ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पछिल्लो समय बा,ढी प,हिराले बढी क्ष,ति पु¥याएको कास्की, पर्वतसहितका जिल्लामा उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न जिल्ला र स्थानीय तहका वि,पद् व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको छ ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आज बसेको आकस्मिक बैठकमा उहाँले बा,ढी पहिरामा परेकालाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सचिव र मातहतका सबै निकायलाई निर्देशन दिनुभएको हो । उहाँले विपद् व्यवस्थापनको काम तीनै तहका सरकारको समन्वयमा हुने भएकाले पीडितले महसुस गर्ने गरी काम गर्न सम्बन्धीत सबै पक्षलाई आग्रह गर्नुभयो ।

प्रदेश सरकारले विपद्मा निधन र बेपत्ता भएका परिवारलाई प्रतिव्यक्ति रु एक लाख सहयोग दिने गरी कार्यविधि बनाएको छ । यसैगरी खाद्यान्नका लागि रु १५ हजार, अस्थायी आवासका लागि रु २५ हजार र उपचार खर्च रु ५० हजारसम्म प्रदेश सरकारले दिन सक्ने कार्यविधिमा उल्लेख छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै राहत वितरणको काम हुने र त्यसका लागि प्रदेश सरकारबाट रकमसमेत पठाइसकेको बताइएको छ ।

मुख्यमन्त्री पोखरेलले पी,डित र पी,डितको परिवारबाट लगातार गुनासो आउँदा कतै उनीहरुले राहत नपाएको हो कि भन्ने अनुभूति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विपद्मा परेकालाई तत्काल सम्बोधन गर्न सकिएन भने त्यसको अर्थ रहँदैन, त्यसैले ढिलासुस्ती गर्ने छुट छैन ।” मुख्यमन्त्री पोखरेलले जिल्ला प्रशासनबाट राहत रकम वितरणको रेकर्ड पनि नियमितरुपमा लिन प्रमुख सचिवलाई निर्देशन पनि दिनुभयो ।

उहाँले पहिराले सडकमा क्ष,ति पु¥याएर यातायात बन्द भएको ठाउँमा तत्काल डोजर पठाएर सडक खुलाउन पनि भौतिक पूर्वाधार सचिवलाई निर्देशन दिनुभयो ।

बा,ढी पहिरामा परेर बिहीबार र शुक्रबार मात्रै कास्की र पर्वतमा ११ जनाको मृत्यु भएको छ । असारयता मात्रै बा,ढी प,हिरामा गण्डकीमा २७ जनाले ज्यान ग्ुमाएका छन् भने आठ जना बेपत्ता भएका छन् ।

यसैगरी बैठकले बा,ढी पहिरामा परी निधन भएकाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जलि र उनका आफन्तप्रति समवेदना व्यक्त गरेको छ । बेपत्ताको खोजी जारी राख्ने निर्णय पनि बैठकले गरेको प्रमुख सचिव डा दामोदर रेग्मीले बताउनुभयो । उहाँले घाइतेको उपचार भइरहेको, बाटो नभएर खाद्यान्न नपुगेका स्थानमा हेलिकप्टरबाटै भए पनि खाद्यान्न लैजाने काम भइरहेको जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖