राष्ट्रिय महिला आयोगको टोलीले मानव ओसारपसार हुने नाकाको अनुगमन

काठमाडौँ, २० भदौ । राष्ट्रिय महिला आयोगको एक टोलीले मानव बेचबिखन नियन्त्रण तथा रोकथाम गर्न झापा र मोरङका विभिन्न सीमानाकाको अनुगमन गरेको छ ।

आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको नेतृत्वको टोलीले भ्रदपुर र जोगवनी नाकामा अनुगमन गरेको हो । अनुगमनका क्रममा नेपाल प्रहरीले रोकथाम गर्ने प्रयास गरे पनि सजिलैसँग सीमानाका वारपार गर्ने गरेको पाइएको सदस्य खतिवडाले जानकारी दिनुभयो।

अनुगमनका क्रममा टोलीले प्रहरी प्रशासन र सम्बन्धित सङ्घ संस्थालाई स्थानीय निकायसँग सहकार्य गरेर सीमामा मानव बेचबिखनलाई कडाइ गर्न पनि आग्रह गरेको छ ।

आयोगले मानव बेचबिखनबारे सीमा वारी र पारी सूचना आदानप्रदान गर्न, कागजातको सुरक्षा र नियन्त्रण गर्न, कागजातको कानूनी मान्यता र परीक्षण गर्न तथा पीडितको संरक्षण गर्नसमेत सम्बन्धित निकायसँग अनुरोध गरेको छ ।

आयोगको टोलीले विर्तामोड नगरपालिकाका प्रमुख, उपप्रमुख, माइती नेपालका जिल्ला प्रतिनिधि, सेफ हाउसका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सेनाका प्रमुख जिम्मेवार निकायका प्रमुखलगायतसँग मानव बेचबिखन नियन्त्रणबारे छलफल गरेको आयोगले जनाएको छ ।

अनुगमनका क्रममा आफन्तकै जालझेलमा परेर, आर्थिक अवस्था कमजोर भएका कारण, बालविवाह र पारिवारिक बेमेलका कारण पनि मानव ओसारपसार हुने गरेको पाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖