बालगृहमा बसेकी बालिकालाई जनप्रतिनिधिकै छोराले गरे ज’बर्जस्ती क’रणी
जाजरकोट, २१ भदौ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१० का वडाध्यक्ष गंगाराम चनाराका छोराले एक बा’लिकालाई ज’बर्जस्ती’क’रणी गरेको आ’रोप लागेको छ । गंगारामले पन्ध्र वर्षीया एक बा’लिकाको श्र’म शो’षण गरेको र उनका छोरा कुश्माखर चनारा (रवि) ले जब’र्जस्ती’क’रणी गरेको भन्दै पी’डितले इलाका प्रहरी कार्यालय आठबीसकोटमा जाहेरी दिएकी छन् ।
इलाका प्रहरी कार्यालय आठबीसकोट रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले आइतबार पी’डित बा’लिकाले जब’र्जस्ती’क’रणी उद्योगमा जाहेरी दिएको जानकारी दिए । कुश्माखरका बुबा गंगाराम र आमा सुनिता चनाराविरुद्ध श्र’मशो’षण गरेको उजुरीसमेत दिएको उनले बताए । आफूविरुद्ध प्रहरीमा जाहेरी परेसँगै कुश्माखर फरार भएका छन् । प्रहरी निरीक्षक शाहीले उसको खोजीकार्य जारी भएको बताउँदै गंगाराम र सुनितालाई प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ भइरहेको जानकारी दिए ।
पी’डित बा’लिकाले वडाध्यक्षका छोराले पटकपटक क’रणी गरेको उजुरीमा उल्लेख गरेकी छन् । निवेदनमा बा’लिकाले दुई वर्षदेखि निरन्तर ब’लात्का’र गरिएको र हाल पेटमा आठ दश साताको गर्भ रहेकोसमेत उल्लेख गरेको प्रहरी निरीक्षक शाहीले बताए ।
वर्तमान अर्थमन्त्री जनार्दन शर्माले तीन वर्षअघि अभिभावकत्व लिएर ती बा’लिकालाई सिस्ने हिमाल बालगृहमा भर्ना गरेका थिए । जाहेरीअनुसार २०७७ चैतको अन्तिममा लकडाउनको बहानामा बालगृह सञ्चालिका सुनिताले ती बालिकालाई आठबीसकोट-१० स्थित आफ्नो घरमा लगी काममा लगाउने गरेकी थिइन् । वडाध्यक्षले गरेको ओखर खेतीमा पानी र बोइलर कुखुरा पालनको काममा उनलाई चारो हाल्न नियमित लगाएको जाहेरीमा उल्लेख छ ।
‘कुखुरालाई चारो हाल्न खोरमा गएको मौका छोपी वडाध्यक्ष गंगाराम र सुनिताका कान्छा छोरा कुश्माकर चनारा (रवि) ले पछाडिबाट आएर मुख थुनी ज’बर्जस्ती’क’रणी गरेर कहीँ कतै भनेमा मारिदिने धम्की दिएको हो,’ उनले जाहेरीमा उल्लेख गरेकी छन् ।
नगरपालिकाको न्यायिक समितिमा दिएको निवेदनका आधारमा १९ भदौमा उनलाई आठबिसकोटको नगर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो । जाँचमा बालिका गर्भवती रहेको देखिएको छ । उनको पेटमा रहेको बच्चा ९ देखि १० साताको रहेको तथ्य रिपोर्टले देखाएको छ । पी’डित बा’लिकाले १७ भदौमा आफू कोठामा पढिरहेका बेला वडाध्यक्ष गंगारामले नराम्रो नियतका साथ टाउको थिचेर कानमा औंला राखेर रगडेको भन्दै वडाध्यक्ष, बालगृह सञ्चालिका सुनिता र ब’लात्का’र गर्ने रविमाथि हदैसम्मको कारबाहीको माग गरेकी छन् ।
२०७४ मा बालगृहमा पढ्न भनेर बसेकी ती बालिका कक्षा ३ मा भर्ना भएकी थिइन् । उनीसहित बालगृहमा बसेका १२ जना अभिभावकविहीन बालबालिकालाई २०७६ मा माओवादी केन्द्रका नेता शर्माले अभिभावक बनेर विद्यालय भर्ना गरेका थिए । -न्युज कारखाना



