वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार

काठमाडौँ, २१ भदौ । वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । गत साउन महिनाको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन रु ६ अर्बले मात्रै बढेको हो ।

नेपाल बैंकर्स सङ्घका अनुसार वाणिज्य बैंकहरूको कूल निक्षेप रु ४१ खर्ब २९ अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको साउन मसान्तसम्म कूल रु ४१ खर्ब २३ अर्ब बराबर निक्षेप सङ्कलन गरेका थिए।

भदौ महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढाएका छन् । साउन मसान्तको तुलनामा बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढेको हो ।

वाणिज्य बैंकहरूले भदौको १८ गतेसम्म रु ३८ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेका छन् । गत साउनसम्म बैंकहरूले कूल रु ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यस्तै, स्वदेशी मुद्रामा वाणिज्य बैंकको निक्षेप रु चालीस खर्ब ९ अर्ब रहेको छ भने कर्जा रु ३६ खर्ब ६९ अर्ब रहेको छ । विदेशी मुद्रामा रु एक खर्ब २० अर्बको निक्षेप रहेको छ भने रु एक खर्ब ५० अर्ब बराबरको कर्जा रहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।