स्वास्थ्य सामाग्रीमा सरकारको एक पैसा परेको भए प्रमाणित गरेर देखाउन एमाले धनकुटालाई थापाले दिए चुनौती
भाद्र २१,धनकुटा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ७ र ८ को अधिवेशन सम्पन्न भएको छ ।

सहमती, सहकार्य र एकताको सन्देश दिदै वडा अधिवेशनले वडा नं ८ मा १६ जना क्षेत्रिय प्रतिनिधि र गजेन्द्र बहादुर राईको अध्यक्षतामा २३ सदस्यिय वडा कमिटी सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै वडा नं ७ तर्फ १५ जना क्षेत्रिय प्रतिनिधि, पूर्ण वहादुर राईको नअध्यक्षतामा २९ सदस्यिय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेस सह-महामन्त्री तथा पूर्वमन्त्री सुनिल वहादुर थापाले गर्नुभएको थियो ।

अधिवेशन उद्घाटनको अवसरमा बोल्दै उहाँले कोरोना संक्रमण नियन्त्रणलाई लक्षित गरि सूर्य बहादुर थापा फाउण्डेशनको नाममा ल्याईएको स्वास्थ्य सामाग्रीमा सरकारको एक पैसा परेको भए प्रमाणित गरेर देखाउन एमाले धनकुटालाई चुनौती दिनुभयो ।
वडा नं ७ को कार्यसमिति


वडा नं ८ को कार्यसमिति



