अब एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम लिनुपर्ने

काठमाडौँ, २३ भदौ । अब एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम लिनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’ जारी गर्दै केन्द्रबाट तालिम लिएका चालकले मात्र एम्बुलेन्स चलाउन पाउने जनाएको छ । यसअघि सवारी चालक अनुमतिपत्र लिएका सबैले एम्बुलेन्स चलाउन पाउँदथे । अब सवारी चालक अनुमतिपत्र लिएको पाँच वर्ष अनुभव भएपछि मात्र एम्बुलेन्स चलाउन पाउनेछन् ।

एम्बुलेन्स सञ्चालन गर्दा ‘क’ वा ‘ख’ वर्ग हुनुपर्ने र सबै एम्बुलेन्स अनिवार्यरुपमा फोर ब्हील ड्राइभ, पावर स्टेरिङ, सन्पेन्सन चेन सिस्टमको हुनुपर्नेछ । ‘क’ र ‘ख’ वर्गको एम्बुलेन्सका लागि मात्र राजस्व छुटको व्यवस्था गरिएको निर्देशिकामा उल्लेख छ । क र ख वर्गको एम्बुलेन्सका लागि मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट वा नर्स अनिवार्यरुपमा राख्नुपर्ने र ती स्वास्थ्यकर्मीले अनिवार्यरुपमा तोकिएको तालिम लिएको हुनुपर्ने उल्लेख छ ।

यस्तै हरेक एम्बुलेन्समा जिपिएस अनिवार्य जडान गर्नुपर्नेछ । सबै एम्बुलेन्स अनिवार्यरुपमा एउटै नम्बरबाट तथा एप्लिकेशनबाट सर्वसाधारणले सेवा पाउने सक्नेगरी प्रेषण केन्द्रमा आबद्ध हुनुपर्ने छ ।

यस्तै एम्बुलेन्स चालक र एम्बुलेन्समा रहने स्वास्थ्यकर्मीले आकस्मिक चिकित्सकीय प्राविधिकले गाढा गुलाबी रङ्गको ज्याकेट र गाढा निलो पाइन्ट लगाउनुपर्ने हुन्छ । यस्तै राष्ट्रिय प्रेषण केन्द्र र प्रादेशिक प्रेषण केन्द्र रहने छन् ।

ती केन्द्रले एम्बुलेन्समा आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुका साथै एम्बुलेन्स घटनास्थलमा नपुगुञ्जेलसम्म बिरामी वा घाइतेलाई आकस्मिक प्राथमिक उपचारका लागि सहजीकरण र मार्ग दर्शन गर्ने निर्देशिकामा उल्लेख छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖