प्रहरी र स्थानीयबीच झ डप,सम्पत्ति हडप्न खोजेको भन्दै ‘बाबा’लाई कुटीमा प्रवेश निषेध

मुकेश कुमार यादव/सिरहा, २४ भदौ । सिरहाको कर्जन्हा नगरपालिका १ बल्टिया कुटीका बाबा (महन्थ) लक्ष्मीनारायण यादवलाई स्थानीयले निषेध गरेका छन् । कुटीको सम्पत्ति हडप्न खोजेको, कुटीमा बस्दै आएकी ७० वर्षीया सन्यासी माईरामनीको ह त्या गरेको भन्दै स्थानीयले बाबालाई अब कुट्टीमा बस्न नदिने अडान राखेका हुन् ।

कुटीमा बस्दै आएकी सन्यासी माईरामनी एक महिनाअघि पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । स्थानीयले भने बाबाले नै हत्या गरेको आरोप लगाउँदै आएका छन् । महिला सन्यासी मृ त घटनापछि आक्रोशित स्थानीयले बाबालाई कुटी प्रवेशमा रोक लगाएका हुन् ।

घटनापछि प्रहरीले बाबालाई नियन्त्रणमा लिएको थियो । आत्महत्या भएकोले उनलाई आवश्यक परेको बेला उपस्थित हुने शर्तमा तारिखमा छोडेको छ । बाबालाई प्रहरीले छोडे पनि स्थानीयले कुटीमा प्रवेश दिएका छैनन् ।

बाबालाई कुटीमा स्थापित गराउने विषयमा मंगलबार प्रहरी, स्थानीय र बाबा पक्षबीच वार्ता गर्न बाबाजी कुटीमा आए पनि स्थानीयले बस्न दिएनन् । कुटीमा बसेर छलफल गर्ने अवस्था नभएपछि प्रहरीले घेरा हालेर बाबालाई गाउँबाट निकालेको थियो ।

बाबालाई निकाल्ने क्रममा प्रहरी र स्थानीयबीच झ डपसमेत भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले अश्रुर ग्यास र प्लाष्टिकका गो ली प्रहार गरेको कर्जन्हा नगरपालिकाका उपप्रमुख ज्ञानु श्रेष्ठले जानकारी दिइन् । झडपको क्रममा दुई प्रहरी र दुई स्थानीय घा इते भएको प्रहरीले जनाएको छ ।

कर्जन्हाका मेयर गंगा पासवानले बाबाको विषयमा कर्जन्हा नगरपालिकामा छानविनको लागि निवेदन परेको बताए । उनले भने, ‘बाबाको विषयमा नगरपालिकाको न्याय समितिमा निवेदन परेको छ, त्यहाँको छलफलले के गर्छ त्यहीँ अनुसार अगाडि बढ्छौं ।’

यता बाबा लक्ष्मीनारायणले आफ्ना गुरु महन्थ हरि दासले आफ्नो नाममा रहेको ६ विघा १० कठ्ठा जमिन आफ्नो नाममा गरेको बताए । सोही जमिनमध्ये केही जमिन मन्दिर बनाउँदा परेको ऋण तिर्नलाई बेच्न खोज्दा वडाध्यक्ष मोहन शाहीले भाग खोजेको आरोप लगाए । जमिन बेच्न सिफारिस लिन जाँदा वडाध्यक्षले केही जमिन वडालाई पनि दिनुपर्ने शर्त राखेको बाबाको भनाइ छ ।

यता वडाध्यक्ष शाहीले कुटीको जमिन भएकोले स्थानीय गाउले र स्थानीय सरकारको मन्जुरी बेगर चलाउन नपाउने बताए ।

स्थानीयले भने बाबाले घरपरिवार र आफन्तलाई राखेर कुटीलाई निजी ढङ्गले प्रयोग गरेर हडप्न खोजिरहेको आरोप लगाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖