जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतविहीन,निमित्त प्रशासकीय अधिकृत नियुक्तिमा विवाद

मनाङ, २६ भदौ । सरकार परिवर्तन भएपछि कर्मचारी सरुवा तथा बढुवा गरिएको छ । यसले यहाँ समस्या सिर्जना भएको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । प्रशासकीय अधिकृतविहीन अवस्थामा कामकारबाही अगाडि बढाउन निमित्त प्रमुख प्रशासकीय अधिकृत कनिष्ठ व्यक्तिलाई जिम्मेवारी दिएपछि विवाद चुलिएको हो।

प्रमुख प्रशासकीय अधिृकत सरुवा भएपछि ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा विवाद भएको छ । अन्य स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएपछि पदीय हिसाबबाट निमित्त प्रमुख प्रशासकीयको रूपमा कार्य तथा हाजिरी गराइएको भए पनि गाउँपालिकामा विवाद भएको छ । निवर्तमान अधिकृत दीपक ढकाल सरुवा भएर जानु भएपछि आएका निमित्त प्रशासकीय अधिकृत विवादमा मुछिएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ २० मा अधिकृतस्तर छैटौँ तहका जनस्वास्थ्य निरीक्षक नारायण यादवलाई जिम्मेवारी सुम्पेको पत्र पठाएको छ । प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म सम्पूर्ण आर्थिक र प्रशासनिक जिम्मेवारी यादवलाई सुम्पिएको छ ।

प्राविधिकलाई प्रशासनको जिम्मेवारी दिएको भन्दै गाउँपालिकाका जनप्रतिनिधि र अन्य फाँटका कर्मचारी नै असन्तुष्ट भएका छन् । ढकाल सरुवा हुने भएपछि गाउँपालिका अध्यक्ष कान्छा घलेको अध्यक्षतामा बैठक बसी यादवलाई जिम्मेवारी दिन मन्त्रालयमा पत्र पठाइएको थियो । उक्त बैठकको माइन्युट नै फर्जी रहेको वडा नं ५ का वडाध्यक्ष कर्मछिरिङ गुरुङ बताउनुहुन्छ । सधैँ उठाउने माइन्युटमा नै नभएको निर्णयमा घरघरै गएर हस्ताक्षर गरेर मन्त्रालय पठाइएको उहाँले आरोप लगाउनुभयो ।

उक्त निर्णयमा निवर्तमान प्रशासकीय अधिकृत ढकालसहित गाउँपालिका उपाध्यक्ष, पाँच वडाध्यक्ष र एक कार्यपालिका सदस्यले हस्ताक्षर गर्नुभएको छैन । यसले झनै मिलेमतोमा निमित्त अधिकृत नियुक्त गरिएको खुलासा भएको जनप्रतिनिधिले आरोप लगाएका छन् ।

स्वास्थ्य क्षेत्र (प्राविधिक शाखा)मा कार्यरत कर्मचारी प्रशासन शाखामा नियुक्त हुँदा पालिकाको काममा असर पर्ने भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । लामो समयदेखि प्रशासन शाखामै उहाँभन्दा लामो समयदेखि कार्यरत कर्मचारीलाई नजरअन्दाज गरेर उहाँलाई नियुक्त गरिनु उपयुक्त नभएको कर्मचारीको भनाइ छ ।

अध्यक्ष घलेले दुवै जनाको नाम सिफारिस गरेर मन्त्रालयमा पठाएको बताउनुभयो । तीमध्ये यादवलाई मन्त्रालयले जिम्मेवारी सुम्पिने गरी पत्र पठाएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले चिठ्ठी पठाएपछि अब पौडेलको निमित्त प्रशासकीय अधिकृतको बाटो रोकिएको उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।