महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने स्पष्ट

चितवन, २६ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताउनुभएको छ ।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछु ।” महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताउनुभयो ।

उहाँले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिनुभयो । क्रियाशीलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उहाँले जानकारी दिनुभयो ।

एक फरक प्रसङ्गमा महामन्त्री कोइरालाले कम्युनिष्ट उच्छृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहारण हिजो संसद्मा भएको घटनाले पुष्टि गरेको बताउनुभयो ।

विपक्षीको धर्म विरोध गर्ने भए पनि हिजोको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको बताउँदै उहाँले भन्नुभयो, “उच्छृङ्खल चरित्रले कम्युनिष्ट पार्टीहरु चलिरहेका छन् ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖