धनकुटा काङ्ग्रेसमा गयो प’हिरो, पार्टी परित्याग गरि सयौं क्रियाशील नेता तथा कार्यकर्ता एमाले पार्टीमा गरे प्रवेश

धनकुटा । धनकुटामा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि सयौं संख्यामा क्रियाशील नेता तथा कार्यकर्ता एमाले पार्टीमा प्रवेश गरेका छन् ।

नेकपा एमाले धनकुटाको बृहत् कार्यकर्ता भेला कार्यक्रम मार्फत पाख्रिबास वडा नं ९ का सयौं युवा नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि लोकेन्द्र घिसिङको नेतृत्वमा १ सय ५० जना युवाहरू नेकपा एमाले पार्टीमा प्रवेश गरेका हुन् ।

त्यस्तै गरि छथरजोरपाटी गाउपालिकाबाट पनि १० जना युवा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

त्यस्तै गरि पाख्रिबास वडा नं १० र धनकुटा नगरपालिका वडा नं १० बाट पनि ४ – ४ जना गरि ८ जना एमाले पार्टीमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई नेकपा एमाले पार्टी धनकुटाका पूर्व सभासद तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल गुरागाई , जिल्ला पार्टी अध्यक्ष तथा संघीय प्रतिनिधि सभा सदस्य राजेन्द्र राई , प्रदेश सभा सदस्य तथा न्यायिक तथा विधायन समितिका सभापति ईन्द्रमणि पराजुली ,प्रदेश सभा सदस्य निरन राई ,पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा धनकुटा नगरपालिका मेयर चिन्तन तामाङ , पाख्रिवास नगरपालिकाका मेयर तथा उपमेयर वृष बहादुर राई , देवकला पौडेल तिम्सिना , छथरजोरपाटी गाउपालिका उपाध्यक्ष तथा जिल्ला कमिटी सदस्य भिमकला श्रेष्ठ लगायत पार्टीका नेताहरूले फुलमाला तथा खदा लगाएर स्वागत गरेका थिए ।

नवप्रवेशि घिसिङले नेपाली काङ्ग्रेस जस्तो दलाल र कांग्रेसले जनभावना अनुरूप काम नगरेको तथा सधैं विभेद गरेका कारण आफुहरू एमालेमा प्रवेश गरेको बताए ।

वृहत् कार्यकर्ता भेलालाई सम्बोधन तथा नवप्रवेशिहरुला स्वागत गर्दै नेताहरूले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले पार्टीले सधैं नयाँ पुस्तालाई हौसला हुने काम मात्र गर्छ,कुनैदिन पनि एमाले प्रवेश गरेकोमा तपाईंहरुलाई पश्चाताप हुने छैन भन्दै मुलुकको सबै समस्याको समाधान गर्ने काम नेकपा एमाले पार्टीले मात्र गर्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖