ला’गूऔ’षध सहित ३ जना पक्राउ
सुनसरी, भाद्र २८ । सुनसरीको कोशी गाऊपालिका ८ कोशीकटानबाट प्रहरीले ला’गूऔ’षध सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हिजो दिनको ३ बजे सप्तरी हनुमाननगर कंकालनी ७ का २१ बर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेष कुमर मण्डल र २५ बर्षीय रोशन मण्डल रहेका छन् ।
हिजो दिनको ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ला’गूऔ’षध डा’ईलेक्स डी.सी. ६० बोतल, स्पा’स्मोप्रोक्सीभन १००८ क्या’प्सुल र भारतिय नगद रु. २० हजार सहित पक्राउ गरिएको छ ।
पक्राउ परेका तिनैजना उपर ला’गुऔ’षध नियन्त्रण ऐन २०३३ बमोजिमको का’रवाही अगाडी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


