एक महिलाको ह,त्यामा संलग्न उनका देवर र देउरानीलाई जन्मकैदको सजाय

सप्तरी, २९ भदौ । सप्तरीको राजविराज नगरपालिकामा एक महिलाको हत्यामा संलग्न उनका देवर र देउरानीलाई जन्मकैदको सजाय भएको छ । राजविराज–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्यामा संलग्न ३५ वर्षीय पञ्चदेव र उनकी श्रीमती ३१ वर्षीया प्रमिलादेवीई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

न्यायाधीश ऋषिराम आचार्यको एकल इजलाशले साह दम्पतीलाई उक्त सजायको फैसला गरेको हो । यस्तै हत्यामा संलग्न प्रमिलाका भाइ डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका ३६ वर्षीय सत्यनारायण साहलाईसमेत अदालतले तीन वर्ष कैदको फैसला गरेको छ ।

अदालतले राजविराज नगरपालिका–१५ मुसहर्नियाका २४ वर्षीय धर्मेन्द्र साह र ३५ वर्षीय जिवछनारायण साहलाई भने सो घट्नामा सफाइ दिएको छ ।

साह दम्पतीका छोरा १६ वर्षीय सन्तोष, हत्या गरिएकी बेचनीदेवीकी सासू ५५ वर्षीया शोमादेवी, सोही ठाउँका ३५ वर्षीय जयनारायण साह, ५० वर्षीय ताराचन्द्र साह, ६४ वर्षीय गोपी साह, नन्दी मण्डल र ६३ वर्षीय चलितर साहको हकमा मुद्दा मुल्तबीमा राखिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

बेचनीदेवीको शव २०७५ जेठ ३१ गते उनकै घरको शौचालयको सेफ्टी ट्याङ्कीमा फेला परेको थियो । बेचनीदेवीका बुबा रामकुमारले २०७६ असार ६ गते जिल्ला प्रहरी कार्यालयमा उजूरी दिनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖