एमाले धनकुटालाई अर्को झ’ट्का,नेकपा (एस) ले गठन गर्यो ५४ सदस्यीय नगर कमिटी
धनकुटा,भदौ ३० । नेकपा एकिकृत समाजवादी पार्टीले आज धनकुटाको पाख्रीवासमा आफ्नो ५४ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

पार्टीको विधानत: ५१ सदस्यीय नगर कमिटी हुनुपर्ने भएपनि ३ जना वैकल्पिक सदस्य रहने गरि नेकपा (एस)ले ५४ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

यसअघि गत साउन १७ गते नगरमा एमालेको समानान्तर कमिटी गठन गरिएमा आज विस्तारित बैठक वसी त्यसैलाई नेकपा (एस) को नगर कमिटीमा रुपान्तरण गरिएको हो ।

नेकपा (एस) जिल्ला ईञ्चार्ज तथा प्रदेश कमिटी सदस्य धर्मराज पौडेलको प्रमुख आतिथ्यमा बसेको बैठकले ५१ सदस्य भन्दा माथि कै नगर युवा संघ,अनेम संघ,किसान संघ गठन गर्ने, कोरोना माहामारी नियन्त्रणलाई सघाउ पुर्याउने लक्षका साथ पार्टीका नेतृ रामकुमारी झाक्रीको पहलमा जिल्लाको विभिन्न स्थानिय तहका लागि अक्सिजन कन्र्सनट्रेटर,थर्मलगन लगायत ४४ लाख बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएकोले उहाँलाई धन्यवाद ज्ञापन गर्ने लगायतको निर्णय समेत गरिएको पार्टीका नगर कमिटी अध्यक्ष तथा ४ नं वडाध्यक्ष सोवित निरौलाले जानकारी दिनुभयो ।

सोही अवसरमा नेकपा (एस) का जिल्ला कमिटी सचिव खगेन्द्र सुवेदी,पार्टीका संखुवासभा जिल्ला सदस्य एव्म युवा संघ केन्द्रिय सदस्य मिथुन भोटे लगायतको उपस्थितिमा पार्टी कार्यालयको समुद्घाटन समेत गरिएको नगर कमिटीले जनाएको छ ।



