संविधान दिवसका अवसरमा सात कैदीबन्दी रिहा

कञ्चनपुर, ३ असोज । संविधान दिवसका अवसरमा कञ्चनपुर कारागारबाट सात कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् ।

पचास प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलन भएका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार संविधान दिवसका अवसरमा दुई महिला र पाँच पुरुषको कैद मिनाह गरिएको कारागार शाख प्रमुख माया बस्नेत थापाले बताउनुभयो।

कैद मिनाह हुनेमा शिवराज भट्ट कर्तव्य ज्यान, प्रेमसिंह भण्डारी कर्तव्य ज्यान, रोहित आउजी बहुविवाह, करिना विश्वकर्मा बहुविवाह, मायाचन्द पाल बहुविवाह, र खुसीराम चौधरी चोरी मुद्दाका छन् ।

बानी व्यवहार, चालचलन, रहनसहन सबैराम्रो भएमा कारागारका प्रमुख र प्रमुख जिल्ला अधिकारीको सिफारिसको आधारमा कैद मिनाह हुने व्यवस्था छ । कारागारमा अहिले २० महिला ३८७ पुरुषसहित ४०७ कैदीबन्दी छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।