राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थान मा पानीको समस्या समाधान

भोजपुर, ३ असोज । पानीको अभाव झेल्दै आएका राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थान मानेभञ्याङका बासिन्दाको समस्या हटेको छ । विगत लामो समयदेखि पानीको समस्यामा रुमलिएका यहाँका स्थानीयसीको पिखुवा खोला मानेभञ्याङ लिफ्टिङ आयोजनाको काम समापन भएसँगै समस्या हटेको हो ।

पानीका कारण स्थानीयवासीले गाउँ नै छाड्दा यो ठाउँ प्राय खाली जस्तै बनेको छ । विगतमा ८७५ घर रहेकामा यहाँ अहिले ४२० घर मात्र बाँकी छन् । पानीको पर्खाईमा लामो समय बिताएका उहाँहरुको सपना अब भने पूरा भएको छ । रामप्रसादराई गाउँपालिका– ५ मा रहेको यो स्थानमा धेरै खेतीयोग्य तथा उर्वरभूमि छ ।

बस्ती छाडेर स्थानीयवासी बाहिर जाँदा धेरै जमिन बाँझिएका छन् । बस्ती उजाड बनेको छ । एक मात्र पानीको विकल्पमा बसेका स्थानीयवासीलाई तीन हजार २०० मिटर तल रहेको विखुवा खोलामा डिप बोरिङ गरेर पानी बस्तीसम्म पु¥याइएको हो । यहाँको पानीको समस्यालाई ध्यानमा राख्दै २०७३ साल जेठ महिनाबाट खानेपानी आयोजनाको काम सुरु गरिएको थियो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु १२ करोड ४५ लाख लागतमा खानेपानी आयोजनाको काम सम्पन्न गरिएको आयोजना उपभाक्ता समितिका अध्यक्ष दीपक तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका ४२० धारामा पानी पुगेको छ भने पानीलाई बस्तीसम्म लैजानका लागि मुख्य लाइनमा ४० हजार लिटर क्षमताका चार ट्याङ्की निर्माण गरिएका छन् ।

त्यस्तै बस्तीमा पानी वितरणको लागि ७५ र ५५ हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ । त्यस्तै २० हजार लिटर क्षमताका छ शाखा ट्याङ्की निर्माण गरिएका छन् । अध्यक्ष तामाङले भन्नुभयो, “लामो समयको मेहनतले काकाकूल भएको बस्तीमा पानी खसाल्न सफल भएका छौँ, हाम्रो भेगमा आठ सय बढी परिवार थिए, तर पानीका कारण झण्डै ५० प्रतिशत घरपरिवारले बस्ती छाडे, अब बाँकी रहेका घरपरिवारको भने पानीको समस्या अन्त्य भएको छ, धेरैपछि भए पनि पानीको अभाव हटेको छ ।”

आयोजना सम्पन्न भए पनि यसको दिगो व्यवस्थापनका लागि मासिक रु २०० न्यूनतम शुल्क तोकिएको छ । त्यस्तै न्यूनतम शुल्क भन्दा बढी पानी उभोग गर्ने उपभोक्ताले प्रतिलिटर १५ पैसाका दरले शुल्क बुझाउने व्यवस्था गरिएको अध्यक्ष तामाङको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।