‘संविधानले राजनीतिक र संवैधानिक विवादको अन्त्य गरेको छ’

काठमाडौँ, ३ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले संविधानले राजनीतिक र संवैधानिक विवाद अन्त्य गरेको बताउनुभएको छ ।

सातौँ संविधान दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले झण्डै साढे सात दशक लामो लोकतान्त्रिक सङ्घर्षपछि नेपाली नागरिकले हासिल गरेको यस उपलब्धिले नेपालको राजनीतिक र संवैधानिक विवाद अन्त्य गरेको बताउनुभएको हो ।

डा महतले भन्नुभयो “पहिलो पटक संविधानसभाद्वारा निर्मित नेपालको वर्तमान संविधान मुलुकमा जारी सशस्त्र द्वन्द्व र अन्य राजनीतिक मुद्दा व्यवस्थापनका लागि एक सम्झौताको दस्ताबेज हो, यो संविधान जारी भएसँगै राजनीतिक र संवैधानिक विवादहरुको अन्त्य भएको छ ।”

नागरिकले प्राप्त गरेका स्वतन्त्रताको उपयोग गर्दै संविधान कार्यान्वयनका माध्यमबाट पर्याप्त भौतिक पूर्वाधार निर्माण तथा आर्थिक तथा सामाजिक क्षेत्रको द्रुततर विकास गरी नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउन आवश्यक भएको उहाँले बताउनुभयो ।

संविधानसभाद्वारा संविधान निर्माणको विषय विसं २००७ सालको जनक्रान्तिका समयमै जननेता बीपी कोइरालाले उठान गरेको उल्लेख गर्दै सहमहामन्त्री डा महतले नेपाली कांग्रेस नेतृत्वमा नै संविधानसभाको निर्वाचन भइ संविधानसभाद्वारा निर्मित संविधान कांग्रेस नेतृत्वको सरकारले घोषणा गरेको स्मरण गर्नुभयो ।

उहाँले संविधानलाई समयानुकूल बनाउँदै लैजान सकिने बताउँदै यस ऐतिहासिक दिवसमा संविधानका हरेक विषयमा सहमति कायम गर्न खट्ने नेतागण, संविधान निर्माणमा प्रत्यक्ष सहभागी संविधानसभा सदस्य र सबै नेपाली नागरिकको योगदानको सराहना पनि गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।