केहीबेरअघि सुरु भएको प्रतिनिधिसभा बैठक जारी

काठमाडौँ, ४ असोज । प्रतिनिधिसभाको आजको बैठक केहीबेरअघि सुरु भएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल र जवाफ दिने कार्यक्रम छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच बैठक जारी रहेको हो । सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गर्नुभएको थियो ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका शीर्षकका खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहनुभएको छ ।

त्यस्तै ‘विनियोजन विधेयक, २०७८’ पारित गर्ने कार्यसूची पनि छ । अर्थमन्त्री शर्माले उक्त विधेयक प्रस्तुत गर्नुहुनेछ ।

प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । राष्ट्रियसभाको बैठक मङ्गलबार बस्दैछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖