नव निर्वाचित कांग्रेस वडा सभापतिहरुलाई बधाई ज्ञापन, आउदो चुनावमा नयाँ ईतिहाँस रच्ने प्रतिवद्धता
आश्विन ५,धनकुटा । पार्टीको १४ औं महाधिवेशन अन्र्तगत वडा अधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस सागुरीगढी गाउपालिकाका वडा सभापतीहरुलाई बधाई ज्ञापन गरिएको छ ।

अधिवेशनबाट वडा नं १ मा भुपेन राई, २ मा योगेन्द्र इवाहाङ्ग, ३ मा कृष्ण लिम्बु, ४ मा पृती लिम्बु, ५ मा ओम प्रकाश लिम्बु, ६ मा सन्तोष राई, ७ देवेन्द्र राई, ८ मा पूर्ण राई, ९ मा भूपाल राई र वडा नं १० मा झगेन्द्र राई सभापतिमा निर्वाचित भएका छन् ।
उनिहरुलाई एक कार्यक्रमको आयोजना गरि आज नेपाली कांग्रेस धनकुटाका नेताहरुले बधाई ज्ञापन गर्दै संगठन विस्तार र सुदृढीकरण अभियानमा लाग्न आग्रह गरेका छन् ।
पार्टीका सागुरीगढी गाउपालिका कार्य समितिका सभापती यम प्रकाश मगरको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सांसद लिला सुब्बा,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,महासमिति सदस्य ललित चेम्जोग,जिल्ला सदस्य सुमना तिम्सिना, नेपालधन राई,पृती बान्तवा,क्षेत्रीय सभापती जितेन्द्र राई,नेपाल तरुण दल धनकुटाका वरिष्ठ उपाध्यक्ष धिरज साङ्वो,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ् लगायतले वडा सभापतीहरुलाई बधाई ज्ञापन गर्दै नया ढंगबाट पार्टी संगठन विस्तारमा लाग्नु सुझाव दिएका छन् ।
नव निर्वाचित वडा सभापतीहरुले आगामी निर्वाचनमा सागुरीगढी गाउँपालिका र सवै वडाहरुमा विजयी प्राप्त गरी नयाँ ईतिहास रच्ने बताएका छन् ।
कार्यक्रममा पार्टीका जिल्ला सचिव राईले पालिका अधिवेशन सम्वन्धमा सहजीकरण गर्नु भएको थियो । भने सो गाउपालिकाको विभिन्न वडाहरुबाट निर्वाचित क्षेत्री प्रतिनिधि, राम राई,अमर राई,पदमिनी राई,विष्णु आचार्य,मणी राई,लाई पनि बधाई ज्ञापन गरिएको थियो ।
त्यस्तै धनकुटाको महालक्ष्मी नगरपालिकाका वडा सभापतीहरुलाई पनि बधाई तथा शूभ कामना ज्ञापन गरिएको छ ।

नेपाली कांग्रेस महालक्ष्मी नगर कार्य समितिका सभापती ध्रुव राज रायको अध्यक्षतमा सञ्चालित कार्यक्रमको वीच नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका कांग्रेसका वडा सभापतीहरु क्रमश वडा नं १ लाख बहादुर गुरुङ,वडा नं २ भेष वहादुर पौडेल,वडा नं ३ चिरञ्जिवि लिम्बु बखिम,वडा नं ४ तेज कुमार श्रेष्ठ,वडा नं ५ का राजिव बुढाथोकी, वडा नं ६ का प्रविण गिरी,वडा नं ७ का नेत्र वहादुर अधिकारी,वडा नं ८ ओम वहादुर वराल,वडा नं ९ का सभापति सोभित काफ्लेलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको छ ।
सवै वडा सभापतीहरुले अव हुने पालिका,क्षेत्र र जिल्ला सम्मको अधिवेशनबाट पनि सहमतीको आधारमा नेतृत्व छनौट गर्नु पर्नेमा जोड दिएका छन् ।


