श्रीलंकासँग तीन अंकको लागि खेल्छौं : कप्तान किरण चेम्जोङ

काठमाडौं, १७ असोज / नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बु (चेम्जोङ)ले श्रीलंकाविरुद्ध महत्वपूर्ण तीन अंकको लागि खेल्ने बताएका छन् । आइतबार प्रि म्याच पत्रकार सम्मेलनमा बोल्दै गोलरक्षक तथा कप्तान चेम्जोङले श्रीलंका बलियो टोली रहेको र आफूहरु तीन अंकको लागि खेल्ने बताए ।

‘विगत विगत भैसक्यो । हामी अर्काे खुड्किलोको लागि हामी खेल्दै छौं । हामी तीन अंकको लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछौं,’ ३१ वर्षीय कप्तान किरणले साफ च्याम्पियनसिपको दोस्रो खेलअघि भने ।

नेपालले भोलि श्रीलंकाको सामना गर्दैछ । आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

यसअघि नेपालले शुक्रबार साफ च्याम्पियनसिपको उद्घाटन खेलमा बलियो आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो । नेपालको जितमा मनिष डांगीले निर्णायक गोल गरेका थिए ।

कप्तान चेम्जोङले श्रीलंका कठिन प्रतिद्वन्द्वी भए पनि आफ्नो सबैभन्दा राम्रो खेल दिने बताएका हुन् । उनले ९० मिनेट मेहनत गर्दै श्रीलंकालाई पराजित गर्न खेल्ने बताए । ‘यो हाम्रो लागि कठिन छ । तर हामी ९० मिनेट मैदानमा हाम्रो सबैभन्दा राम्रो दिनेछौं,’ नेपालका लागि सर्वाधिक क्याप जितेका कप्तान किरणले भने ।

यस्तै, किरणले नतिजाका लागि आफ्नो सहयात्री खेलाडी, प्रशिक्षकसँग विश्वास रहेकोसमेत बताए । नेपाल र श्रीलंकाबीच हालसम्म १७ खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने ८ खेल बराबर गर्दा ६ खेलमा हार ब्यहोरेको छ ।

यस्तै भोलि नै हुने पहिलो खेलमा भारत र बंगलादेश आमने–सामने हुनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।