धनकुटामा प्रथम भेट्रान्स फुटवल प्रतियोगिता शूरु
धनकुटा । धनकुटा फुटवल क्लवको आयोजनामा आजबाट धनकुटामा प्रथम भेट्रान्स फुटवल प्रतियोगिता शूरु भएको छ ।
नेपालीहरुको महान चाड बडा दशैको अवसरमा आयोजित प्रतियोागितामा जिल्ला भरीका १२ टिमले सहभागिता जनाउका छन् ।
आजदेखी २२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन आज दुई वटा खेल भएका छन् । देउराली फुटवल क्लव र हिले फुटवल क्लव वीच भएको पहिलो खेलमा ३ १ गोल अन्तरले देउरालीलाई हराउदै हिले फुटवल क्लव विजयी भएको छ भने बुढीमोेरङ फुटबल क्लव र कुसेटार फुटबल क्लव वीच भएको दोश्रो खेलमा ५ २ गोल अन्तरले बुढी मोेरङ विजयी भएको छ ।
प्रतियोगिताका विजयी प्रथम हुनेले ४० हजार,दोश्रो हुनेले २० हजार नगद सहित मेडल तथा प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रत्येक खेलका उत्कृष्ठ खेलाडीहरुलाई १५ सय नगद पुरस्कार प्रदान गरिने आयोजक क्लवका सल्लाहकार शम्भु प्रधानले जानकारी दिनुभयो ।
भोलिको खेल १ बजेबाट शूरु हुनेछ ।


