प्रहरी दिवसमा खोटाङमा ब्याटमिन्टन प्रतियोगिता

खोटाङ, २० असोज । प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्ला स्तरीय खुला ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।

६६औँ प्रहरी दिवसका अवसरमा प्रहरीले १७ असोजदेखि १९ असोजसम्म जिल्ला स्तरिय सिंगल, खुला डबल र भेट्रान डबल ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको हो । सिंगल ब्याटमिन्टनमा सविन श्रेष्ठ प्रथम, एलिस दंगाल दोस्राे तथा अविन राई र सनम राई तेस्राे भएका छन् ।

खुला डबलतर्फ दिपक खत्री र कल्पना राई जोशीको समूह प्रथम, विनोद उदास र सविन श्रेष्ठको समूह दोस्राे, विकास खत्री र विपिन योगी तथा एलिस दंगाल र ममता राईको समूह तेस्राे भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भेट्रान डबलमा राजु श्रेष्ठ र जय राईको समूह प्रथम, कल्पना राई जोशी र हरि राईको समूह दोस्राे, भोजबहादुर मगर र प्रकाश राई तथा भक्त कालिकोटे र केशव थापाको समूह तेस्राे भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।