आगामी निर्वाचनमा पुन: धनकुटामा नेकपा एमाले पार्टीको जित हुने : सॉंसद राई

धनकुटा । आगामी निर्वाचनमा पुन धनकुटामा नेकपा एमाले पार्टीको जित हुने नेकपा एमाले धनकुटाका अध्यक्ष तथा प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राईले दावी गर्नु भएको छ ।

नेकपा एमाले चौबिसे गाउँकमिटी धनकुटाद्धारा आयोजित प्रथम विस्तारित वैठक तथा विजया दशमी, तिहार लगायत विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले सत्ताको दुरुपयोग गर्दै स्वास्थ सामाग्री नेपाली काङ्ग्रेसले आफ्नो पार्टीको चुनाव चिन्ह टासेर जनतालाई भ्रममा नपार्न चेतावनी पनि दिनु भयो । कार्यक्रममा गाउँ कमिटीको प्रथम विस्तारित बैठक सञ्चालन गर्दै विभिन्न निर्णयहरु गरेको छ ।

पार्टीको आगामी कात्तिक ६ गते वडा र ९ गते हुने पालिका अधिवेशनका लागि सदस्ता नविकरणलाई तिव्रता दिने निर्णय गरेको छ भने चौबिसे गाउकमिटीलाई पुर्णता दिएको छ । सोही अवसरमा ४५ सदस्य गाउँ कमिटी सचिवालय सदस्य गठन गरिएको पार्टीका चौबिसे गाउँ कमिटी ईन्चार्ज नैना रुचालले जानकारी दिनुभएको छ ।

सोहि अवसरमा नेपाली काङ्ग्रेस र जसपा परित्याग गरि ईन्द्र कुमारी चेम्जुङ , विवस याख्खा ,जित बहादुर याख्खा लगायतका नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेकाछन् ।

पार्टीका गाउँ कमिटी अध्यक्ष राजकुमार चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा संबिधान सभा सदस्य टिकाराम चेम्जोङ ,प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य विना राई ,जिल्ला युवा संघका अध्यक्ष केशब लिम्बू , गाउपालिका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचाल लगायत पार्टीका नेता कार्यकार्ताको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन सचिव जीवन कट्टुवालले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।