जिल्ला खेलकुद समितिका अध्यक्ष र उपाध्यक्षको सपथग्रहण

विराटनगर, ४ कात्तिक । प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाहरुका खेलकुद समितिहरुमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज सपथ ग्रहण गराएको छ ।

सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा वोर्ड उपाध्यक्ष बाबा मेन्याङ्वोले नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई सपथ गराउनु भएको थियो । खेलकुद विकास बोर्डले बुधबार १४ वटै जिल्लामा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको थियो ।

सपथ ग्रहण कार्यक्रममा सामाजिक विकास मन्त्री साम्सोहाङले जिल्ला खेलकुद समितिहरुले पूर्णता पाएसँगै प्रदेश १ को खेलक्षेत्रले फड्को मार्ने बताउनुभयो । लामो समय देखि प्रदेश खेलकुद विकास बोर्डले पूर्णता नपाउँदा जिल्लाहरुमा खेलकुदका गतिविधिहरु हुन नसकेको उहाँले बताउनुभयो ।

लामो समयदेखि नेतृत्वविहिन खेलकुद समितिहरुमा नयाँ नेतृत्व चयन गरिनु महत्वपूर्ण उपलब्धि भएको खेलकुद विकास बोर्डका सदस्यसचिव पर्शुराम बस्नेतले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।