यही कात्तिक १० गतेदेखि काँक्रेविहार गोल्डकप हुँदै

कर्णाली, ५ कात्तिक ।सुर्खेतको वीरेन्द्रनगरमा यही कात्तिक १० गतेदेखि काँक्रेविहार गोल्डकपको आयोजना हुने भएको छ । काँक्रेविहार युवा क्लबको आयोजनामा सञ्चालन हुने यो अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता हो ।

क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले प्रतियोगितामा सुर्खेतका नौ स्थानीय तहका फुटबल टोलीले सहभागिता जनाउने बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार तथा ट्रफी पाउनेछन् । कात्तिक १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि टिम दर्ताको समय आइतबारसम्म तोकिएको छ ।

हालसम्म सात टिमले सहभागिता निश्चित गरिसकेका छन् । टिम दर्ताका लागि रु १० हजार शुल्क तोकिएको छ । कर्णालीमा फुटबल खेलको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ ।

पन्ज्युनयाँ टि–२० क्रिकेट कात्तिक ७ बाट

बैतडी– दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिता यही कात्तिक ७ गतेबाट हुने भएको छ । सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा हुने प्रतियोगिताको विजेताले रु ७७ हजार ७७७ नगद पुरस्कार पाउनेछ ।

यस्तै उपविजेताले रु ३३ हजार ३३३ पुरस्कार पाउनेछ । यसका साथै म्यान अफ द सिरिजलाई रु पाँच हजार ५५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई समान रु तीन हजार ३३३ पाउने क्लबका सदस्य गोपाल कार्कीले जानकारी दिनुभयो ।

दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँमा रहेको पन्ज्युनयाँ खेल मैदानमा सञ्चालन हुने खेल पावरप्लेअनुसार खेलाइने जनाइएको छ । क्लबले आजसम्मका लागि टिम दर्ता खुला गरेको छ । सोका लागि टिम दर्ता शुल्क रु सात हजार तोकिएको छ ।

सहभागी हुने टिममा एउटै वडाका मात्रै खेलाडी हुनुपर्ने जनाइएको छ । यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि दोगडास्टार क्लबले हात परेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।