नेकपा एमाले धनकुटाको पाख्रीबास ९ मा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको दशौं महाधिवेशन अन्र्तगत आज धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको वडा नं ९ मा अरुण घिसिङको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा पहलमान घिसिङ,सचिव बलेन्द्र ठाडा ,सहसचिव मनिसा आले ,प्रेम मोक्तान र लिल बहादुर मगर लगायत रहेका छन् ।
कार्यक्रममा पार्टीका जिल्ला सल्लाहाकार रुद्र मस्राङ्घीको निर्वाचन मण्डलले सर्वसम्त रुपमा नयाँ नेतृत्व चयन गरिएको घोषणा गरेको थियो ।
निर्वाचन मण्डलका सदस्य विष्णु प्रसाद धमला ,लोकेन्द्र घिसिङ र निर्वाचन अधिकृत सम्झना आलेले नयाँ वडा कमिटीको नामावली घोषणा गर्दै सफथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य तथा नगरका उपप्रमुख देवकला तिम्सिना, जिल्ला तथा नगर र वडा का नेताहरु लेकेन्द्र घिसिङ,विष्णु प्रसाद धमला ,खेम राज घिसिङ,जय बहादुर मोक्तान ,यज्ञ घिसिङ ,वडा अध्यक्ष चन्द्रलाल घिसिङ र पार्टीका जेष्ठ नेता हरुको तर्फबाट रत्न बहादुर मगर लगायतले शुभकामना मनतव्य राख्दै देश र जनताको पक्षमा काम गर्ने पार्टी नेकपा एमाले मात्र रहेको भन्दै एमाले पार्टी बाट मात्र आर्थिक समृद्धि हासिल गर्ने दावी गरे ।
त्यस्तै गरी उनिहरुले आगामी निर्वाचनमा जुनसुकै विभिन्न गठबन्धन बाधेर आएपनि एमाले पार्टी एक्लैले परास्त गर्दै देशकै पहिलो शक्तिशाली पार्टी बन्ने दावी गरे । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई खदा तथा अबिरले सम्मान गरेका थिए । कार्यक्रममा स्वागत मनतव्य पार्टीका नगर सदस्य हरीलाल मोक्तानले राख्नु भएको थियो ।


