मुलुकको विकास कांग्रेसले मात्र गर्न सक्छ – रक्षामन्त्री रिजाल
कार्तिक १३,धनकुटा । रक्षा मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजालले मुलुकको विकास र समृद्धी कांग्रेसले मात्र गर्न सक्ने वताउनु भएको छ । शुक्रवार धनकुटाको छथरजोरपाटी गाउपालिका नेपाली कांग्रेस गाउँकार्य सपमपतद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो वताउनु भएको हो ।
मुलुकको विकास र समृद्धीका लागि वर्तमान सरकार कटिवद्ध भएर लागीपरेको उहाँले स्पष्ट पार्दै हालै परेको वर्षाको कारण गएको बाढी तथा पहिरोबाट पीडितलाई सरकारले तत्काल राहत उपलब्ध गराउने समेत वताउनु भयो ।
कांग्रेस छथरजोरपाटी पालिका कार्य समिति सभापती छत्र सुब्बाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा जिल्ला सभापती अग्नी प्रसाद पौडेल, छथरजोरपार्टी गाउपालिकाका अध्यक्ष शेर वहादुर लिम्बु, माओवादी केन्द्र छथरजोरपाटीका अध्यक्ष ज्ञानेन्द्र खड्का,नेकपा एमालेका छथरजोरपार्टीका सचिव निल वहादुर थापा,नेकपा समाजवादी एकिकृतका शारदा प्रसाद दाहाल,नेपाली कांग्रेसका महासमिति सदस्य मिन कार्की,शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना,नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य सल्लाहकार समितिका संयोजक भिष्म गुरुगले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिवद्धय केशव चापागाई र पदम भट्टराईले गरेका थिए ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्न लाई केन्द्रिय सदस्य तथा रक्षा मन्त्री मिनेन्द्र रिजालले स्वागत गर्नु भएको थियो । कार्यक्रमकै अवसरमा विभिन्न वार्टी परित्याग गरि काग्रेसमा प्रवेश गर्न चाहने दर्जनौ व्यक्तिलाई रक्षा मन्त्री स्वागत गर्नुभएको थियो । उहाँले नेपाली कांग्रेस छथरजोरपाटी गाउपालिका वडा नं ६ को वडा कार्यालय समेत उद्घाटन गर्नु भयो । कार्यक्रम नेपाली कांग्रेस छथरजोरपाटी गाउपालिका वडा नं ६ का सभापती नविन श्रेष्ठले गर्नु भएको थियो । यसअघि कांग्रेस जिल्ला कार्य समितिद्धारा धनकुटामा आयोजित बधाई तथा शूभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै रक्षा मन्त्री डा मिनेन्द्र रिजालले अब नयाँ ढंगबाट संगठन विस्तार गरी हरेक निर्वाचनमा नेपाली कांग्रेसले विजय प्राप्त गर्ने वताउनु भयो । उहाले पार्टीको आगामी महाधिवेशनबाट कांग्रेस अझ सशक्त बन्ने वताउनु भयो ।
पार्टीका जिल्ला सभापती अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य लिला सुब्बा,संविधान सभा सदस्य अञ्जना ताम्ली, जिल्ला उपसभापती नविन किशोर शाक्य,जिल्ला सचिव विजय सन्तोषी राई,रविन्द्र नेपाली,कोषाध्यक्ष दिनेश राई, महासमिति सदस्यहरु आनन्द सन्तोषी राई,घनेन्द्रराज श्रेष्ठ जिल्ला सदस्यहरु लेखनाथ पौडेल,खेम पौडेल,सुमना तिम्सिना,राजेन्द्र पौडेल, रोशेष श्रेष्ठ,विष्णु पौडेल,मिन कार्की,नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापती नरेश श्रेष्ठ, सागुरीगढीका सभापती नेलाधन राई,नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष धिरेन्द्र लिम्बु,नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला,नगर सभापती निरुपा राई,सचिव रेणु श्रेष्ठ,नेपाल तरुण दल धनकुटका कार्यवहाक अध्यक्ष युवराज पराजुली,नेविसंघ धनकुटा वहुमुखी क्याम्पसका अध्यक्ष करुणा कटुवाल,नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष हिमा चेम्जोङ,नेपाल कर्मचारी यूनियन धनकुटका अध्यक्ष खिर वहादुर बुढाथोकी, धनकुटा नगरपालिका वडा नं २ का सभापती राज कुमार राई,वडा नं ३ का सभापती पदम भण्डारी, ५ का वडाध्यक्ष धन कुमार राई,उपभसापती गोविन्द्र राई,वडा नं ६ का सभापती रुपेश श्रेष्ठ,वडा नं ७ का सभापती शैलेसमान श्रेष्ठ,पूर्व जिल्ला सहसचिव राजन पौडेल,मिलन खड्गी,बुद्ध तितुग लगायतका नेताहरुले शूभकामना आदन प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव विजय सन्तोषी राईले गर्नु भएको थियो ।
यो पनि पढ्नुहोस्..बन्दीपुरका किसानलाई आलु बीउ वितरण
तनहुँ, १३ कात्तिक । बन्दीपुर गाउँपालिकाकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गरेको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नौ हजार ३०० किलोग्राम आलुको बीउ वितरण गरिएको हो ।गाउँपालिकाले एमएस ४२ निलो र गजुरी रातो उन्नत जातका आलुको बीउ वितरण गरिएको जनाएको छ । विभिन्न व्यावसायिक संस्थामा आबद्ध कृषकलाई पाँच हजार ३०० र समूह र सहकारीमा आबद्ध भएका किसानलाई चार हजार किलोग्राम आलुको बीउ वितरण गरिएको हो । प्रतिकिलो रु ५४ पर्ने आलुको बीउमा गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा आलुको बीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुबेदीले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्रका किसानका लागि आवश्यक पर्ने आलुको बीउको लागि सूचना प्रकाशित गरी किसानको मागअनुरुप बीउ मगाएर वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाका किसानलाई तरकारी खेतीतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउनुको साथै उनीहरुको आयआर्जनमा सबल बनाउन गाउँपालिकाले सक्रिय भूमिका खेल्दै आएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।
किसानलाई अनुदान, उन्नत बीउ, कृषि यन्त्रकोक्षेत्रमा समेत सहयोग गर्दै आएको उहाँले बताउनुभयो । किसानका लागि अनुदानका कार्यक्रम ल्याएपछि थप उत्साहित भएर कृषि पेसामा लाग्न थालेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका किसानलाई बाख्रा, कुखुरा, फलफूल तरकारी, दुग्ध उत्पादनलगायतका क्षेत्रमा अनुदान प्रदान गरेर उत्प्रेरणा जगाउने कार्यको समेत गाउँपालिका कार्यालयले सुरुआत गरिसकेको छ ।


