एशिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज लेबनानको सामना

काठमाडौँ, १४ कात्तिक । एएफसी यु–२३ एशिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज लेबनानको सामना गर्नेछ । यसअघिका दुवै खेलमा पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्यको लक्ष्यमा छ । नेपाल र लेबनानवीचको खेल आज अपराह्न ४ः४५ बजे ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ । नेपाल र लेबनानका लागि यो खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । दुवै टोली अघिल्ला दुई खेलमा पराजित भइसकेका छन् भने प्रतियोगिताबाट पनि बाहिरिसकेका छन् । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली ताजकिस्तानसँग ६–० गोअन्तरले पराजित भएको थियो ।

ताजकिस्तान र इरान समान दुई खेलमा समान शीर्ष छ अङकसहित पहिलो र दोस्रो स्थानमा छन् । तेस्रो स्थानका लेबनान र चौथो स्थानको नेपाल अङ्कविहीन छन् । त्यस्तै ताजकिस्तान र इरानविरुद्धको खेलले समूह ‘बी’ को विजेताको टुङगो लाग्ने छ । यस समूहको शीर्ष टोलीले एएफसी यु २३ एशियन कप खेल्नेछन् । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एशियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आगामी सन् २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका छ ।

यो पनि पढ्नुहोस्..पर्यटन प्रवद्र्धन अभियानमा बाँके निकुञ्ज
राँझा, १४ कात्तिक । बाँके राष्ट्रिय निकुञ्ज पर्यटन प्रवद्र्धन अभियानमा जुटेको छ । विसं २०६७ असार २८ गते स्थापना भएको यो निकुञ्जमा पर्यटकको आगमन भए पनि सन्तोषजनकरूपमा बढ्न नसकेकाले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि आवश्यक गतिविधि सञ्चालन भइरहेका छन् । बैजनाथ गाउँपालिकाको गाभर भ्याली सामुदायिक घरबास र कोहलपुर नगरपालिकाको खड्कवार घरबासमा घुम्न आउने पर्यटकलाई निकुञ्जमा ल्याउन आवश्यक समन्वय र सहकार्य भइरहेको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा घुम्नका लागि पैदलमार्ग, हात्ती सफारी, बास बस्नका लागि घरबास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयार अवस्थामा छन् । पाटेबाघको बासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको मुलुककै सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा छ । कोहलपुर नगरपालिका–१३ का वडाध्यक्ष ओमप्रकाश ओलीले निकुञ्ज पर्यापर्यटनको प्रभावकारी गन्तव्य भएको बताउनुभयो । उहाँले वडा कार्यालयले बाँके निकुञ्जमा पर्यटन प्रवद्र्धनसँगै १३ नंं वडालाई हरित वडाका रूपमा अगाडि बढाइएको बताउनुभयो । बाँके निकुञ्जसँग जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि वर्षेनी बढ्दै गए पनि स्थापनाको एकदशकसम्म पनि बाँके निकुञ्जमा पर्यटन प्रवद्र्धनका कार्यक्रम प्रभावकारी हुन नसकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारीदिनुभयो ।

निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चिनाउन आफूहरू लागिपरेको जनाउँदै उहाँले भन्नुभयो, “निकुञ्जभित्र आवश्यक संरचना निर्माण भइसकेको अवस्थामा अब यहाँ धेरैभन्दा धेरै पर्यटकलाई पाटेबाघलगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउन हामी आह्वान गरिरहेका छाँै ।” आर्थिक वर्ष २०७७÷७८ सम्म जम्मा ८९९ पर्यटक निकुञ्जमा पुगेका छन् । ती पर्यटकमध्ये पनि ८६५ जना नेपाली पर्यटक नै छन् । दश वर्षमा २० जना सार्क देशका पर्यटक आएका छन् भने अन्य मुलुकका मात्र १४ पर्यटक निकुञ्ज पुगेका छन् । बाँके, दाङ र सल्यानसम्म फैलिएको यो निकुञ्ज स्थापना हुँदा चारमा सीमित पाटेबाघ अहिले २१ पुगेको छ । अहिले त्यो सङ्ख्या बढेको हुनसक्ने निकुञ्जको अनुमान छ

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।