धनकुटाको महालक्ष्मी नगरपालिका ५ मा अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता शूरु
धनकुटा । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ५ लेगुवाको भगवती यूवा क्लव मेलाङचुङको आयोजनामा आज देखी अन्तर पालिका वडा स्तरीय भलिबल प्रतियोगिता शूरु भएको छ ।
प्रतियोगिताको महालक्ष्मी नगरपालिका वडा नं ५ का वडाध्यक्ष शिव कुमार तुम्बा र नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेलले संयक्त रुपमा उद्घाटन गरेका हुन् । प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुलको विकासमा राज्यले उचित ध्यान दिनु पर्नेमा उनिहरुले जोड दिएका छन् ।
कार्तिक १७ गते सम्म संचालन हुने प्रतियोगितामा विभिन्न पालिकाका जम्मा १३ वटा टिमहरुले भाग लिईरहेको आयोजक क्लवका अध्यक्ष भक्त वहादुर तामाङले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,वरिष्ठ समाजसेवी मान वहादुर मिश्र,शान्त वहादुर कुवर लगायतले राज्यको पहिचानको रुपमा रहेको भलिबल खेलको लागी राज्यले उचित लगानी गर्नु पर्नेमा वताउनु भयो ।
उनिहरुले खेलकुदले यूवाहरुलाई अनुशासित र स्वस्थ्य पनि बनाउने भएकाले सवैले खेलकुदमा सहभागी हुनु पर्नेमा जोड दिए । भगवी यूवा क्लव का अध्यक्ष भक्त वहादुर तामाङको अध्यक्षमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य क्लका पूर्व अधयक्ष दल वहादुर कुवरले राख्नु भएको थियो ।


