हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज मंसिरमा

काठमाडौं, २२ कात्तिक /आगामी मंसिर तेस्रो साता हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज हुने भएको छ । प्रदेश खेलुकद विकास परिषद्, बाग्मती प्रदेश तथा जिल्ला साईक्लिङ संघ रसुवाको आयोजनामा पहिलो संस्करणको हाई अल्टिच्युड माउण्टेन बाईक च्यालेन्ज हुन लागेको हो । च्यालेन्ज आगामी १८ मंसिरमा हुनेछ । तीन बिधामा आयोजना हुने प्रतियोगिताको इलिटतर्फ मात्रै महिलाको सहभागीता रहँदा पुरुषतर्फ इलिट, जुनियर र मास्टर गरी तीन बिधामा प्रतिस्पर्धा हुनेछ ।

जिल्ला साईक्लिङ संघ रसुवाले प्रतियोगिताको रुट समेत तय गरेको छ । बाईक च्यालेन्च कालिका गाउँपालिकाको सहिदगेट कालिकास्थानबाट सुरू भई घुम्ती बजार, लामाटोल, गुम्बाडाँडा, स्याउबारी हुँदै नौकुण्ड गाउँपालिका, लोकिल, आरुखर्क, गाुर्म, सस्र्युङ, किमार्जोङ, साल्चेत र जीवजीवहुँदै ३५ किलोमिटर पार गर्दै कालिका हिमालय क्याम्पसमा पुगेर पुरा हुनेछ ।

प्रतियोगिता आयोजनाको लागि प्रदेश खेलकुद विकास परिषद् र जिल्ला साईक्लिङ संघ रसुवाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जसअन्तर्गत प्रतियोगिता आयोजना गर्न प्रदेश खेलकुद परिषद्ले जिल्लालाई १० लाख उपलब्ध गराउनेछ । आयोजकले खुल्ला प्रतियोगितामा एक सय ५० जना प्रतिस्पर्धी सहभागी हुने जनाएको छ । जसको सम्पूर्ण खर्च प्रदेश खेलकुद विकास परिषद्ले व्यहोर्नेछ ।

प्रतियोगिताको इलिटतर्फको प्रथमदेखि दशौंसम्मको विजेताले ४० हजार, २० हजार, १५ हजार, सात हजार, ६ हजार, पाँच हजार, चार हजार, तीन हजार, दुई हजार र एक हजार प्राप्त गर्नेछन् । यस विधामा महिला तथा पुरुष दुबैको सहभागीता रहनेछ । यस्तै, मास्टर र जुनियर तर्फको प्रथमदेखि तृतीयसम्मको विजेताले १५ हजार, १० हजार र सात हजार पाउने छन् ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले साहसिक खेल आयोजना गर्न प्रदेशले छुट्टै कार्यक्रम ल्याएको र त्यसअन्तर्गत यस प्रतियोगिता परेको समेत जानकारी गराए । यस्तै उनले हिमाली क्षेत्र छानेर प्रतियोगिता गरेको र खेलको ट्रयाक समेत राम्रो भएको बताए । उनले अर्को बर्ष यस प्रतियोगितामा विदेशी खेलाडीको समेत सहभागीता गराउने लक्ष्य रहेको बताए ।

यता, नेपाल साईक्लिङ संघका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपतिले केन्द्रबाट जिल्ला चलायमान होस् भनेर प्रदेश खेलकुद विकास परिषद्सँग समन्वय गरि प्रतियोगिता आयोजना गरेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।