गुरुको गर्जन-कांग्रेसमा पुस्ता हस्तान्तरण र रुपान्तरण महाधिवेशनबाट हुन्छ
कार्तिक २३,धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेविसंघका पूर्व केन्द्रिय अध्यक्ष गुरुराज घिमिरेले आगामी महाधिवेशनबाट कांग्रेसमा पुस्ता हस्तानरण र रुपान्तरण हुने बताउनु भएको छ । आज धनकुटामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।
उहाँले नेपाली कांग्रेसमा रुपान्तरण आवाश्यक भएकोले पनि पुस्ता हस्तान्तरण हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै पार्टीका महासमिति सदस्य आनन्द सन्तोषी राईले कांग्रेसको संगठनमा आमुल परिवर्तन आवाश्यक रहेको वताउनु भयो ।
पार्टीका जिल्ला सभापती अग्नी प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भेलाका अन्य वक्ताहरुले कांग्रेसमा महाधिवेशनबाट सशक्त नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका थिए ।
भेलालाई जिल्ला सचिव विजय सन्तोषी राई,महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ,शरण कुमार राई पर्व सभापती रही अधिकारी,जिल्ला सदस्यहरु निर्मल ओझा,विष्णु प्रसाद पौडेल,क्षेत्रिय सभापती इन्दिरा थापा,नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना लगायतले सम्बोधन गरेका थिए ।


