४३ औ छिन्ताङ शहिद स्मृति दिवस यसरी मनाइने

धनकुटा । छिन्ताङ ह’त्या’का’ण्डका वीर शहिदहरुको सम्झनामा हरेक वर्ष छिन्ताङ शहिदपार्कमा विभिन्न कार्यक्रम गरी शहिद स्मृति दिवस मनाउदै आइरहेको छ । यस वर्ष पनि नेपाल कम्यूनिष्ट पार्टी एमाले जिल्ला कमिटी धनकुटाले शहिदहरुको सम्झनामा पूर्व प्रधानमन्त्री तथा एमाले पार्टीका अध्यक्ष केपि शर्मा ओलीको प्रमुख आतिथ्यमा वृहत कार्यक्रम गरी स्मृति दिवस मनाउने भएको छ ।

त्यस्तै कार्यक्रममा पार्टीका स्थायि कमिटीका सदस्यहरु उपस्थिति रहने छ । खोकु छिन्ताङ र आँखिसल्लामा २०३६ साल कार्तिक २७ गते तत्कालिन पञ्चायती सरकारले १६ जना कम्युनिष्ट कार्यकर्ताहरुको नि’र्मम ह’त्या गरेको थियो । कम्युनिष्ट पार्टीमा आस्था राखेको आ’रोपमा तीन दिनको सुत्केरी सहित
१६ जनालाई कोहीलाई भी’रबाट ल’डाएर,कोहीलाई गो’ली हा’नेर ,कोहिलाई नदीमा ब’गाएर ह’त्या गरिएको थियो ।

एमाले जिल्ला कमिटी धनकुटाले एक कार्यक्रम आयोजना गरी आगामी कार्तिक २९ गते ४३ औ छिन्ताङ शहिद स्मृति दिवस भव्य रुपमा सम्पन्न गर्नका लागि ४३ औ छिन्ताङ शहिद स्मृति व्यवस्थापन समिति गठन गरिएको छ ।

स्मृति सभा सम्पन्न गर्नका लागि पार्टीका जिल्ला अध्यक्ष तथा संघिय संसद राजेन्द्र राई, प्रदेश संसद निरन राई , प्रदेश संसद तथा न्याय प्रशासन तथा विधायन समितिका सभापति ईन्द्रमणी पराजुली, गाउपालिका अध्यक्ष मनोज राई ,उपाध्यक्ष रत्नश्वरी राई, पार्र्टीका गाउ कमिटी अध्यक्ष निर बहादुर राई लगायत गााउ कमिटीका नेताहरु , जिल्ला सचिवालयका नेताहरु ,र विभिन्न जनवर्गिय संगठनका नेताहरुको उपस्थिमा ४३ औ छिन्ताङ शहिद स्मृति व्यवस्थापन समिति गठन गरिएको हो ।

तयस्तै गरी वयवस्थापन समितिको विभिन्न उप समितीहरु गठन गरिएको छ । आर्थिक व्यवस्थापन समितिको संयोजक जिल्ला सचिवालय सदस्य तथा गााउपालिका अध्यक्ष्य मनोज राई , यातायात वयवस्थापनको संयोजक गाउकमिटी सचिव तथा वडा अध्यक्ष हेमकुमार राई , स्वागत सत्कार तथा सम्मान व्यवस्थापन समितिको संयोजक गाउकमिटी सहईन्चार्ज तथा वडा अध्यक्ष भुपेन्द्र राई , प्रचारप्रसार विभाग संयोजकमा जिल्ला सचिवालय सदस्य साबित्रा राई लगायतका विभिन्न समिति गठन गरेर स्मृति दिवस भव्य रुपमा सम्पनन गर्नका लागि जिम्मेवारी दिईएको संसद निरन राईले जानकारी दिनुभएको छ ।

साथै शहिद स्मृति सभामा राष्ट्रिय कलाकार बद्रि पंगेनि , प्रीया भण्डारी लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने स्मृति सभा आयोजक समितिले जानकारी दिएको छ । त्यसैगरि १० हजार बढी नेता कार्यकर्ताको उपस्थित रहने जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।